Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईमा कांग्रेस र जसपाकाे प्यानलसहित मनाेनयन दर्ता

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँ कार्यपालिका सदस्यका लागि नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेले मनाेनयन दर्ता गराएका छन् ।

४ महिला गाउँ कार्यपालिका सदस्यका लागि कांग्रेसबाट ३ जना, जसपाबाट ४ जना र एमालेबाट १ जनाकाे मनाेनयन दर्ता भएकाे छ । महिला सदस्यकाे लागि कांग्रेसबाट गिता देवी कुर्मी, लालसा देवी चमैन, सिमा देवीकाे मनाेनयन दर्ता गराएका छन् ।

यसैगरी जसपाबाट महिला सदस्यकाे लागि अकलिया खातुन मुकेरी, चनरजाेतीया दुसादीन, मालती देवी दुसादीन, ललिता देवी र एमालेबाट ज्ञान्त्री देवीले मनाेनयन दर्ता गराएका छन् ।

दुई दलित वा अल्पसंख्यक सदस्यका लागि कांग्रेस, जसपा र एमाले दुई/दुई जनाकाे मनाेनयन दर्ता गराएका छन् । 

कांग्रेसबाट रामराज प्रसाद चाैरसिया, शिवशंकर प्रसाद चाैरसिया, जसपाबाट रसिद मियाँ धुनिया, हरिओम कुमार साह र एमालेबाट पृथ्वी साह कानु, रामध्रुव ठाकुर हजामकाे मनाेनयन दर्ता भएकाे छ ।

दलित वा अल्पसंख्यक सदस्यमा कांग्रेसबाट मनाेनयन दर्ता गराएका रामराज वडा नं. २ काे वडाध्यक्षमा चुनाव लडेका थिए भने जसपाबाट मनाेनयन दर्ता गराएका हरिओम पनि वडा नं. ४ काे वडाध्यक्षमा चुनाव लडेका थिए । तर दुबै जना पराजित भएका थिए । 

६ गाउँ कार्यपालिका सदस्यकाे लागि शनिबार भएकाे मनाेनयन दर्ता गराएकाे उम्मेदवारकाे विराेधमा आइतबार उजरी दिन सक्ने निर्वाचन तालिका रहेकाे छ भने साेमबार मतदान हुने कार्यतालिका रहेकाे छ ।

५ वटा वडा रहेकाे कालिकामाई गाउँपालिकामा जसपाले गाउँपालिका अध्यक्षसहित ३ वडाध्यक्ष, कांग्रेसले उपाध्यक्षसहित एउटा वडाध्यक्ष र एमाले एउटा वडाध्यक्षमा चुनाव जितेकाे छ । गाउँ सभा सदस्य जसपासंग १३ जना, कांग्रेससंग १२ जना र एमालेसंग २ जना रहेका छन् ।

कुनै दलसंग बहुमत सदस्य नरहेकाेले कार्यापलिकाकाे चुनावकाे लागि एमाले निर्णायक मानिएकाे छ । कांग्रेस र जसपा मध्ये एमालेले जुन दललाई सहयाेग गरे त्याे दलकाे प्यानल नै विजयी हुने देखिएकाे छ । त्यसका कारणले दुबै दलले एमालेसंग सहमतीकाे प्रयास गरी रहेकाे बुझिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...