Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

वीरगंजका मेयर र उपमेयर आफै झाडु लिएर सडकमा

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले शनिबार आफै सडकमा झाडु लगाएका छन् ।

मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमले शनिबार बिहान महानगरपालिका सरसफाइ शाखाका कर्मचारीहरुलाई संगै लिएर विभिन्न स्थानको सडक र नाला सरसफाइ गराएका हुन् । दुवै जना आफैले पनि सडकमा झाडु पनि लगाएका थिए ।

वीरगंजकाे विर्ता चोक, मकालु चोक, कैलाश होटल चोक, घडीअर्वा, माइस्थान हुँदै घण्टाघर सम्म पुगेर दुवै जनाले सडक र नाला सरसफाइ गराएका थिए ।

यसका साथै सडक र सडक पेटिमा थुपारिएका गिट्टी बालुवा पनि महानगरका कर्मचारीबाट उठाउन लगाएका थिए ।

त्यस क्रममा वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु, वडा नम्बर ६ का वडा अध्यक्ष जयप्रकाश अग्रवाल, वडा नम्बर ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ता लगायतको पनि सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...