Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

वीरगंजका नवनिर्वाचित मेयर सिंह एक्सनमा, पहिलाे एक्सन सरसफाईमा

spot_img
spot_img

वीरगंज ।  पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले शुक्रबार सयुँक्त रुपमा वीरगंज बजार क्षेत्रकाे अनुगमन गरेका छन् । 

बिहिवार सपथ ग्रहण गरेसँगै एक्सनमा आएका मेयर सिंह र सांसद यादवले शुक्रवार बजारको सयुँक्त रुपमा अनुगमन गरेका हुन् । सिंहले पदभार ग्रहण गरेको पहिलो दिन वर्षौंदेखि जिर्ण रहेको घण्टाघरदेखि माइस्थान चोकसम्मको सडक निर्माणको काम सुरु गराएका थिए ।

दोस्रो दिन सरसफाई कर्मचारीहरुसंग छलफल गर्दै सरसफाईकाे अवस्था पता लगाउन बजार क्षेत्रको अनुगमन गरेका हुन् । 

मेयर सिंहले महमानगर प्रमुख प्रशासकिय अधिकृत निश्चल राज पाण्डलाई संगै लिएर वीरगञ्जका विभिन्न स्थानको अनुगमन गर्दै फोहर व्यवस्थापनमा कुनै किसिमको लापरवाही नगर्न निर्देशन दिए । अनुगमनका क्रममा बजारमा देखिएको फोहोर, नाला लगायतको अवस्थामा सुधार गर्न निर्देशन दिँदै नियमित नाला सफा नहुनु, फोहोर नउठ्नुको कारण पता लगाएका थिए । 

अनुगमनकाे क्रममा मेयर सिंहले फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएका ठेकेदार कम्पनीका प्रतिनिधिलाई २४ घण्टाभित्र सबै ठाउँमा थुपारिएको फोहोर उठाउन र नालाहरु सफा गर्न निर्देशन दिए । 

त्यसैगरी बजार क्षेत्रका पसले र व्यवसायीहरुलाई उत्पादित फोहोर जथाभावी नफाल्न, आफ्नो पसल अगाडिको क्षेत्र आफै सफा गर्न सिंहले अनुरोध गरेका छन् । महानगरपालिकाबाट फोहर व्यवस्थापनमा कुनैपनि कमजोरी देखिए सिधै आफूलाई सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन् ।

पटके सवारी कर असुल्ने ढाट हटाउन निर्देशन

सडक र नालाको अनुगमनपश्चात रजतजयन्ती चोकमा पुगेका मेयर सिंहले त्यहा पटके सवारी कर असुल्ने ढाट हटाउन निर्देशन समेत दिएका थिए । पटके सवारी कर असुल्ने ढाट राखिएको अहिलेको स्थान महानगरको नभइ त्रिभुवन राजपथ मातहत क्षेत्रको सडक भएकाले २४ घण्टा भित्र हटाउन निर्देशन दिँदै ठेकेदारका कर्मचारीबाट रसीदको ठेली जफत पनि गरेका थिए ।

सपथ ग्रहण गरेसँगै परिवर्तनको शुरुवात गरेका मेयर सिंहसँगै सहकार्य र समन्वय गर्दै वीरगञ्जको कायापलट गर्नुपर्ने सांसद यादवको धारणा छ । वीरगञ्जबासीले बल्ल सही नेतृत्व पाएकोमा खुशी व्यक्त गर्दै सांसद यादवले वीरगञ्जको बिकास हुने समयको शुरुवात भएको बताए । 

सरसफाईकर्मीसंग छलफल

नवनिर्वाचित मेयर सिंहले औपचारिकताहरु पूरा गरेपछिको पहिलो छलफल वीरगंज महानगरपालिकाका सफाइकर्मीहरुसंग गरेका छन् ।

वीरगंजकाे नगर सभागृहमा बोलाएर शुक्रबार बिहान नगर प्रमुख सिंहले सफाइकर्मीहरुसंग उनीहरुको अनुभव सुने । सरसफाइ भन्ने कुरा सहरको पानी निकास र लामखुट्टे नियन्त्रणसंग समेत जोडिएको विषय भएको हुनाले यसमा आफूहरुले गम्भीर भएर काम गर्न चाहेको उनले सफाइकर्मीहरुलाई बताए ।

यस महत्वपूर्ण अभियानमा साथ दिन उनले आग्रह गरे । छेउमा नवनिर्वाचित उपप्रमुख इम्तियाज आलम र प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेलाई बसाएर गरेको छलफलमा उनले नगरवासीको गुनासो सुन्न नपर्ने गरी काम गर्न निर्देशन दिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ दल एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारीमा

जनकपुरधाम । आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी थालेको छ। मोर्चाका महत्वपूर्ण नेतामध्येका...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ जुनियरको उपाधि ओम नेसनल एकेडेमीलाई

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगंजको आयोजनामा सम्पन्न प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को जुनियरतर्फको उपाधि ओम नेसनल एकेडेमीले जितेको छ । फाइनलमा उत्कृष्ट प्रदर्शन...

सुधिर पटेलकाे नेतृत्वमा वीरगंजबाट १५ लाखको राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

वीरगंज । रसुवाकाे भाेटेकाेशी बाढी प्रभावित परिवारका लागि वीरगंजबाट करिब १५ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरिएको छ । संकलित राहत सामग्री राष्ट्रिय...