Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

पाेखरियामा ३ महिलासहित ३४ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । पर्साकाे देस्राे सदरमुकामकाे रुपमा चिनिने पाेखरियामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल रेडक्रस सोसाईटी पोखरिया उपशाखाकाे आयोजना भएकाे कार्यक्रममा ३ जना महिलासहित ३४ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजले जनाएकाे छ ।

कार्यक्रममा जनार्दन गिरी, शिवपुजन पटेल, दिपिका सिंह, सल्मा खातुन, रिखिमुनी कुमारी चाैहान, प्रमाेद ठाकुर, समिमुलाह आलम, डा. संजय गुप्ता, डा. मृगेन्द्र सिंह, उमेश प्रसाद चाैहान, प्रकाश कलवार, जाकिर हुसेन लगायतकाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डेले जानकारी दिए । 

आयाेजक रेडक्रस पाेखरिया उप शाखाका सभापती भगवान प्रसाद कुर्मीको सभापतीत्वमा र पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहानकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा रेडक्रस मधेश प्रदेशका अध्यक्ष फुलमहमद मियाँ, रेडक्रस पर्सा शाखाका बिरेन्द्र राज कण्डेल, पोखरिया नगरपालिका निवर्तमान मेयर दिपनारायण रौनियार, निवर्तमान उप मेयर सल्मा खातुन, वडाध्यक्ष लक्ष्मण साह कानु लगायतकाे उपस्थिती रहेको थियो ।

रक्त संचार केन्द्र वीरगंजमा रक्त अभाव भएपछि आकस्मिक रुपमा रक्तदान कार्यक्रम आयाेजना गरिएकाे आयाेजकले जनाएकाे छ । पाेखरिया नगरपालिका, इलाका प्रहरी कार्यालय पाेखरियाकाे सहयाेगमा भएकाे रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र वीरगंजले प्राविधिक सहयाेग गरेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...