Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरियामा ३ महिलासहित ३४ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । पर्साकाे देस्राे सदरमुकामकाे रुपमा चिनिने पाेखरियामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल रेडक्रस सोसाईटी पोखरिया उपशाखाकाे आयोजना भएकाे कार्यक्रममा ३ जना महिलासहित ३४ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजले जनाएकाे छ ।

कार्यक्रममा जनार्दन गिरी, शिवपुजन पटेल, दिपिका सिंह, सल्मा खातुन, रिखिमुनी कुमारी चाैहान, प्रमाेद ठाकुर, समिमुलाह आलम, डा. संजय गुप्ता, डा. मृगेन्द्र सिंह, उमेश प्रसाद चाैहान, प्रकाश कलवार, जाकिर हुसेन लगायतकाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डेले जानकारी दिए । 

आयाेजक रेडक्रस पाेखरिया उप शाखाका सभापती भगवान प्रसाद कुर्मीको सभापतीत्वमा र पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहानकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा रेडक्रस मधेश प्रदेशका अध्यक्ष फुलमहमद मियाँ, रेडक्रस पर्सा शाखाका बिरेन्द्र राज कण्डेल, पोखरिया नगरपालिका निवर्तमान मेयर दिपनारायण रौनियार, निवर्तमान उप मेयर सल्मा खातुन, वडाध्यक्ष लक्ष्मण साह कानु लगायतकाे उपस्थिती रहेको थियो ।

रक्त संचार केन्द्र वीरगंजमा रक्त अभाव भएपछि आकस्मिक रुपमा रक्तदान कार्यक्रम आयाेजना गरिएकाे आयाेजकले जनाएकाे छ । पाेखरिया नगरपालिका, इलाका प्रहरी कार्यालय पाेखरियाकाे सहयाेगमा भएकाे रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र वीरगंजले प्राविधिक सहयाेग गरेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीका मृतकप्रति एमालेका अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारको राहत, पुनःस्थापना...

नेशनल र नेपाल मेडिकल कलेजद्वारा रसुवा बाढीपीडितका लागि ७५ लाख सहयोग

वीरगंज । रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेशनल मेडिकल कलेज प्रा.लि., वीरगंज...

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...