Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंजमा सत्तारुढ गठबन्धनकाे विजय जुलुश

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवारहरु विजयी भएपछि बुधबार निकालिएकाे विजयी जुलुश सम्पन्न भएकाे छ । 

वीरगञ्ज महानगरको मेयरमा गठबन्धनबाट साझा उम्मेदवार बनेका जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंह र नेपाली कांग्रेसका इम्तियाज आलम विजयी भएपछि नगरवासीलाई धन्यवाद दिँदै खुसियाली मनाउन बुधबार विजय जुलुस निकालिएको थियाे ।

पाँच दलीय गठबन्धनका नेताहरुको सहभागितामा बुधबार दिउँसो आदर्शनगर रंगशालाबाट संयुक्त विजय जुलुश निकालिएको हो ।

संयुक्त विजय जुलुशमा नवनिर्वाचित मेयर सिंह, उपमेयर आलम, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सङ्घीय सांसद प्रदीप यादव, प्रदेशसभा सदस्य जनत अन्सारी, काँग्रेसका जिल्ला उपसभापति रामनारायण कुर्मीका साथै जसपा, काँग्रेस, माओवादी र नेकपा एसका नेता कार्यकर्ता र समर्थकहरुकाे सहभागिता रहेकाे थियाे ।

जुलुसले महानगरका विभिन्न वडाहरुको परिक्रमा गर्ने योजना रहेको जसपाका जिल्ला सचिव तबरेज अहमदले जानकरी दिए ।

आदर्शनगरबाट शुरु भएको गठबन्धनको विजय जुलुश घडिअर्वा, घण्टाघर, मुर्ली चोक, पावरहाउस चोक, गण्डक चोक हुँदै परवानिपुर पुगेको थियाे । त्यसपछि जुलुस परवानीपुरबाट जितपुर हुँदै वीरगञ्ज महानगरको टेढा, सोलाखपुर, मिलनचोक, कट्गेनवा, बेलवाचोकबाट लालपर्सा, जगरनाथपुर, भवानीपुर, मनियारी आएर त्यहाबाट प्रसौनिबिर्ता, सबैठ्वा, रामगढवा, सिर्सिया, खल्वाटोला, इनरवा हुँदै नगवा, भेडियाही, लक्षमणवाम चोेकमा पुगेर सम्पन्न भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

वीरगञ्ज। अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा नेपाल भित्र्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले...

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...