Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

वीरगंजमा सत्तारुढ गठबन्धनकाे विजय जुलुश

वीरगंज । वीरगंज महानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवारहरु विजयी भएपछि बुधबार निकालिएकाे विजयी जुलुश सम्पन्न भएकाे छ । 

- Advertisement -

वीरगञ्ज महानगरको मेयरमा गठबन्धनबाट साझा उम्मेदवार बनेका जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंह र नेपाली कांग्रेसका इम्तियाज आलम विजयी भएपछि नगरवासीलाई धन्यवाद दिँदै खुसियाली मनाउन बुधबार विजय जुलुस निकालिएको थियाे ।

पाँच दलीय गठबन्धनका नेताहरुको सहभागितामा बुधबार दिउँसो आदर्शनगर रंगशालाबाट संयुक्त विजय जुलुश निकालिएको हो ।

संयुक्त विजय जुलुशमा नवनिर्वाचित मेयर सिंह, उपमेयर आलम, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सङ्घीय सांसद प्रदीप यादव, प्रदेशसभा सदस्य जनत अन्सारी, काँग्रेसका जिल्ला उपसभापति रामनारायण कुर्मीका साथै जसपा, काँग्रेस, माओवादी र नेकपा एसका नेता कार्यकर्ता र समर्थकहरुकाे सहभागिता रहेकाे थियाे ।

जुलुसले महानगरका विभिन्न वडाहरुको परिक्रमा गर्ने योजना रहेको जसपाका जिल्ला सचिव तबरेज अहमदले जानकरी दिए ।

आदर्शनगरबाट शुरु भएको गठबन्धनको विजय जुलुश घडिअर्वा, घण्टाघर, मुर्ली चोक, पावरहाउस चोक, गण्डक चोक हुँदै परवानिपुर पुगेको थियाे । त्यसपछि जुलुस परवानीपुरबाट जितपुर हुँदै वीरगञ्ज महानगरको टेढा, सोलाखपुर, मिलनचोक, कट्गेनवा, बेलवाचोकबाट लालपर्सा, जगरनाथपुर, भवानीपुर, मनियारी आएर त्यहाबाट प्रसौनिबिर्ता, सबैठ्वा, रामगढवा, सिर्सिया, खल्वाटोला, इनरवा हुँदै नगवा, भेडियाही, लक्षमणवाम चोेकमा पुगेर सम्पन्न भएकाे थियाे ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज लेखापढी व्यवसायी संघको नेतृत्वमा सन्नी पटेल निर्वाचित, प्यानलसहितको जित हासिल

वीरगंज । नेपाल लेखापढी व्यवसायी एशोसिएसन पर्सा जिल्ला अदालत कार्य समिति वीरगंजकाे अध्यक्षमा सन्नी पटेल निर्वाचित भएका छन् । शनिबार वीरगंजस्थित वीरगंज स्कुल अफ...

पर्सामा अवैध खोला दोहनको आरोप, वन कार्यालय र उपभोक्ता समूहबीच मिलेमतो आशंका

वीरगंज । पर्सामा चालू आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सञ्चालन भइरहेको विकास निर्माण योजनामा डिभिजन वन कार्यालय पर्सा र गादीमाई साझेदारी वन उपभोक्ता समूहबीच मिलेमतोमा...

पर्सामा मानव अधिकार आयोगको स्थलगत अनुगमन, अधिकार उल्लङ्घनको चिन्ता

वीरगंज । सरकारले देशभर सञ्चालन गरिरहेको अतिक्रमित जग्गा खाली गराउने अभियान अन्तर्गत वीरगंजमा भइरहेको मुख्य सडक (मेनरोड) विस्तार कार्यबारे राष्ट्रिय मानव अधिकार आयोगको टोलीले...