Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

ढुंगा प्रहारले युवकाे हत्या गरेकाे अभियाेगमा ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । २३ बर्षे युवकको हत्या अभियाेगका फरार ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । एक १७ बर्षिय किशाेरसहित पर्साकाे ठोरी गाउँपालिका वडा नं.५ ठुलो बाघमोर्चा निवासी २२ बर्षिय सरोज स्याङ्वो र वीरगंज महानगरपालिकाकाे वडा नं.३२ रामबन निवासी २० बर्षिय किशन लोप्चनलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

जेठ ५ गते ठाेरी गाउँपालिकाकाे वडा नं.५ बाघमोर्चा मन्दिरको छेउमा अज्ञात व्यक्तिहरूले ढुंगाले टाउँको र अनुहार समेतमा प्रहार गरी साेही ठाउँ निवासी २३ बर्षिय प्रविण पाख्रिन गरेकाे हत्यामा सलंग्न ३ जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

ढुंगाले टाउँको र अनुहार समेतमा प्रहार गरी पाख्रिनको मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा एक जना १७ बर्षीय किशोरलाई मिति २०७९।०२।०७ गते नियन्त्रणमा लिई ज्यान सम्बन्धी कसूरमा अनुसन्धान भैरहेकोमा उक्त घटनामा सलंग्न भई फरार रहेका अन्य दुई जनालाई काठमाण्डौ महानगरपालिकाकाे वडा नं.३ महाराजगञ्जबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

तिनै जनालाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखी अनुसन्धान भइरहेको प्रवक्ता खनाले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...