Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

ढुंगा प्रहारले युवकाे हत्या गरेकाे अभियाेगमा ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । २३ बर्षे युवकको हत्या अभियाेगका फरार ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । एक १७ बर्षिय किशाेरसहित पर्साकाे ठोरी गाउँपालिका वडा नं.५ ठुलो बाघमोर्चा निवासी २२ बर्षिय सरोज स्याङ्वो र वीरगंज महानगरपालिकाकाे वडा नं.३२ रामबन निवासी २० बर्षिय किशन लोप्चनलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

जेठ ५ गते ठाेरी गाउँपालिकाकाे वडा नं.५ बाघमोर्चा मन्दिरको छेउमा अज्ञात व्यक्तिहरूले ढुंगाले टाउँको र अनुहार समेतमा प्रहार गरी साेही ठाउँ निवासी २३ बर्षिय प्रविण पाख्रिन गरेकाे हत्यामा सलंग्न ३ जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

ढुंगाले टाउँको र अनुहार समेतमा प्रहार गरी पाख्रिनको मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा एक जना १७ बर्षीय किशोरलाई मिति २०७९।०२।०७ गते नियन्त्रणमा लिई ज्यान सम्बन्धी कसूरमा अनुसन्धान भैरहेकोमा उक्त घटनामा सलंग्न भई फरार रहेका अन्य दुई जनालाई काठमाण्डौ महानगरपालिकाकाे वडा नं.३ महाराजगञ्जबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

तिनै जनालाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखी अनुसन्धान भइरहेको प्रवक्ता खनाले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...