Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वडाध्यक्षमा विजयी सुशिललाई चाँदीकाे मुकुट लगाएर स्वागत

spot_img
spot_img

वीरगंज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० को वडाअध्यक्षमा निर्वाचित भएलगतै सुशिल कुमार साहले शहिदको शालिकमा माल्यार्पण गरेका छन् ।

वीरगञ्जको घण्टाघरस्थित विपि उद्यानमा स्थापित गरिएका मधेश आन्दोलनका शहिदहरुको शालिकमा जनता समाजवादी पार्टी (जसपा) बाट वडाध्यक्षमा निर्वाचित सुशिलले माल्यार्पण गरेका हुन् । निर्वाचित भएलगतै उनकाे समर्थकले निकालेको बिजयी जुलुश मतगणना स्थल नर्सिंग मा.वि. बाट घण्टाघर हुँदै शहिद स्मृतिसम्म पुगेकाे थियाे ।

शहिदको शालिकमा माल्यार्पण गर्दै उनले शहिदको सपनालाई साकार पार्न र वडाबासीको सेवामा तत्पर रहने प्रेरणा मिलेको प्रतिक्रिया दिए । उनले भने, ‘मलाई विश्वास गरेर वडाको बिकासको जिम्मा दिने सम्पुर्ण वडाबासीप्रति हृदयदेखि आभारी छु । अब वडाको बिकास गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । यो मेरो जीत नभएर सम्पुर्ण वडाबासीको जित हो ।’

बिजयी जुलुशका क्रममा एकजना वडाकै महिलाले शुभाशिषस्वरुप सुशिललाई चाँदीको मुकुटसमेत लगाइदिएकी उनी निकट जसपाका निखिल बर्णवालले वताए । उक्त मुकुटले अँझै जिम्मेवारी थपिएको आभाष भएको बताउँदै सुशिलले कर्तव्यनिष्ठ भएर दायित्वबोध गर्ने प्रतिबद्धता व्यक्त गरेकाे निखिलले जानकारी गराए ।

वडाबासीको घरघरमा पुग्दै उनले अमूल्य मत दिएकोमा आभारसमेत व्यक्त गरेका छन् । अब बिकासका लागि कुनै व्यक्ति र पार्टी नहेरी सबैलाई समान ढंगले व्यावहार गर्ने उनको भनाई छ । सो विजय जुलूस घण्टाघर हुंदै मेनरोड, आदर्शनगर, घडीअर्वा, अशोकवाटीका , रानीघाट समेत परिक्रमा गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...