Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पर्साका नवनिर्वाचित पालिका प्रमुखहरुकाे सपथ ग्रहण साेमबार हुने

spot_img
spot_img

वीरगंज । पर्साका नवनिर्वाचित पालिका प्रमुखहरुकाे सपथ ग्रहण जेठ ९ गते साेमबार हुने भएकाे छ । मतगणना सम्पन्न भइसकेका पर्साका १३ पालिका प्रमुखहरुकाे सपथ ग्रहण साेमबार हुने मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

सपथ ग्रहणकाे लागि जिल्ला समन्वय समितिकाे कार्यालय पर्साले बैशाख ३० गते सम्पन्न भएकाे निर्वाचनकाे अन्तिम परिणाम आइसकेका १३ स्थानिय तहका प्रमुखहरुलाई सपथ ग्रहण कार्यक्रममा सहभागि हुन पत्रचार समेत गरिसकेकाे छ ।

साे पत्रचार अनुसार साेमबार जिल्ला समन्वय समिति पर्साकाे सभा हलमा पर्सा जिल्लाका वीरगंज महानगरपालिका वाहेका १० गाउँपालिका र ३ नगरपालिका प्रमुखहरुकाे सपथ ग्रहण हुने छ । 

पर्साकाे जिराभवानी गाउँपालिका प्रमुखमा कांग्रेसका अनाेज चाैधरी, कालिकामाई गाउँपालिका प्रमुखमा जसपाका बशिष्ट गुप्ता, पटेर्वा सुगाैली गाउँपालिका प्रमुखमा कांग्रेसका दिनेश चाैधरी, पकहा मैनपुर गाउँपालिका प्रमुखमा कांग्रेस कै सुरेश मेहता, पर्सागढी नगरपालिका प्रमुखमा एमालेका गाेकर्ण पाठक, जगरनाथपुर गाउँपालिका प्रमुखमा कांग्रेसका श्रीकान्त यादव, ठाेरी गाउँपालिका प्रमुखमा एमालेका लालबहादुर श्रेष्ठ, बहुदरमाई नगरपालिका प्रमुखमा जसपाका सिंगासन साह तेली, सखुवा प्रसाैनी गाउँपालिका प्रमुखमा एमाले यसवन्त यादव, धाेबिनी गाउँपालिका प्रमुखमा जसपाका मदन चाैहान, पाेखरिया नगरपालिकाकाे प्रमुखमा एमालेका प्रधुमन चाैहान, बिन्दवासिनी गाउँपालिका प्रमुखमा लाेसपाका प्रमाेद तिवारी र छिपहरमाई गाउँपालिका प्रमुखमा एमालेका मनाेज गुप्ता निर्वाचित भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...