Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पर्साका दुई भाग्यमानी वडाध्यक्ष, जाे एक मतले जिते चुनाव

spot_img
spot_img

वीरगंज । पर्सामा दुई वडाध्यक्ष एक मतान्तरले विजयी भएका छन् । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ६ र बिन्दवासिनी गाउँपालिका वडा नं. ३ काे भाग्यमानी वडाध्यक्ष एक मतान्तरले निर्वाचित भएका हुन् ।

जगरनाथपुर गाउँपालिका वडा नं. ६ काे वडाध्यक्षमा पुन: अयाेध्य प्रसाद कुर्मी विजयी भएका छन् । कांग्रेसका उम्मेदवार लक्ष्मण प्रसाद कुर्मीलाई १ मतले हराउँदै एमालेका उम्मेदवार अयाेध्या विजयी भएका हुन् ।

अयाेध्या ९०४ मत ल्याएर विजयी भएका छन् भने उनकाे निकटतम् प्रतिद्वन्दी लक्ष्मणले ९०३ मत प्राप्त गरेका छन् । वडाध्यक्षका अर्का उम्मेदवार जसपाका रमेश गिरीले ५६१ मत पाएका छन् ।

वडाध्यक्षमा पराजित रमेश गिरी प्रदेश सभा सदस्य प्रहलाद गिरीका छाेरा हुन् । तत्कालिन संघिय समाजवादी फाेरमाबाट निर्वाचित गिरी अहिले लाेसपामा छन् । तर उनकाे छाेरा रमेश जसपाबाट वडाध्यक्षमा चुनाव लडेका थिए । 

एमालेका अयाेध्या विजयी भएकाे वडा कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीकाे वडा पनि हाे । 

यसैगरी बिन्दबासिनी गाउँपालिका वडा नं. ३ काे वडाध्यक्षमा एक मतले कांग्रेसका जय प्रकाश चाैरसिया निर्वाचित भएका छन् ।चाैरसियाले एमालेका हनिफ मियाँलाई १ मतले हराउँदै विजयी भएका हुन् ।

चाैरसियाले १ हजार १८५ मत ल्याउँदा उनकाे निकटतम् प्रतिद्वन्दी मियाँले १ हजार १८४ मत पाएका थिए । लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का जाेगिन्द दास तात्वा १९० मत र जसपाका नागमणी दास तात्वा १८० मत पाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...