Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वीरगंज २३ काे वडाध्यक्षमा पुन: एमालेका कुशवाहा विजयी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २३ काे वडाध्यक्षमा एमालेका अवधकिशोर कुशवाहा पुनः विजयी भएका छन् ।निवर्तमान वडाध्यक्ष कुशवाहा जनता समाजवादी पार्टी (जसपा) का जमुना प्रसाद यादवलाई १ सय ४१ मतान्तरले पराजित गर्दै पुनः निर्वाचित भएका हुन् । 

कुशवाहाले ७ स ७६ मत पाउँदा जसपाका यादवले ६ सय ३५ मत पाएका छन् । नेपाली कांग्रेसका ध्रुप राय यादव ५४१ मत र नेकपमा माओवादी केन्द्रका धर्मेन्द्र प्रसाद यादव ३२३ मत पाएका छन् ।

वडा नम्बर २३ मा वडाअध्यक्षसहित सबै सदस्य एमालेकै विजयी भएका छन् ।

वडा सदस्यमा एमाले कै रामप्रसाद यादव ७२० मत ल्याएर र लालबाबु प्रसाद यादव ७११ मत ल्याएर विजयी भएका छन् । महिला सदस्यमा कुन्ती देवी ७६१ मत र फुलबचनी देवी हजरा ७५१ मत ल्याएर विजयी भएका छन् ।

वडाकाे अन्तिम मतपरिणामा घाेषण पछि विजयी एमालेका नेता तथा उम्मेदवारहरुले आफ्ना समर्थकहरु साथमा विजयी जुलुश निकालेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...