Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

मेराे पहिलाे प्राथमिकता कृषी हुन्छ : नवनिर्वाचित प्रमुख गुप्ता

spot_img
spot_img

वीरगंज । पर्साको कालीकामाई गाँउपालिकाको अध्यक्षमा नवनिर्वाचित सम्भवत देशकै सबैभन्दा कान्छा पालिका प्रमुख बशीष्ट कुमार गुप्ता आफ्नाे पहिलाे प्राथमिकता कृषी हुने वताएका छन् ।

२१ वर्षिय पालिका प्रमुख गुप्ता कालिका टाईम्ससंग कुरा गर्दै आफनो पहिलो प्राथमिकता कृषि र किसानका समस्या सामधान गर्ने रहेको बताए । उनले आफनो पालिकाका बहुसंख्यक जनता किसान रहेका कारण किसानका लागि सहज रुपमा बीउबीजन, मल र सिंचाइको सुविधा उपलब्ध गराउने वताए ।

गुप्ताले भने “यहाँका किसान धेरै समस्या र पिडामा छन्, मैले सबै भन्दा पहिले उनिहरुका लागि काम गर्छु, कृषिमा पालिकालाई नमूना पालिका बनाउँछु ।”

उनले आफ्नाे दोश्रो प्राथमिकता सडक र नाला रहेको वताए । पालिकाका हरेक गाँउ र टोलमा पक्की सडक र नाला निर्माण गर्ने गुप्ताले वताए ।

गुप्ताले भने “यहाँ पानीको निकास नै छैन, सडक सांगुराे छ । थोरै वर्षा भयो भने गाँउ जलमग्न बन्छ, सडक हिलाम्ये हुन्छ, पानीको निकासका लागि पक्की नाला र सडक फराकिलाे गरी पक्की सडक बनाउँछु ।”

गुप्ताले आफ्नाे तेश्रो प्राथमिकता शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार रहेको रहेकाे वताए । उनले यहाँकाे सामुदायिक विद्यालयहरुमा स्थानिय शिक्षक भएका कारण राम्राे पढाई नहुने गरेकाे वताउँदै त्यसलाई सुधार गर्न शिक्षकहरु सरुवा गर्ने वताए ।

उनले भने‘ यहाँ स्वास्थ्य संस्थाहरु त छन् तर बिरामीले सामान्य उपचार पनि पाउँदैनन्, डाक्टर छैनन् । त्यसैले हरेक स्वास्थ्य केन्द्रमा एमबिबिएस डाक्टरकाे प्रबन्ध मिलाउँछु, ल्याब पनि सन्चालन गराउँछु ।

गुप्ताको चौथो प्रामिकतामा युवा र खेलकुद परेको छ । आफै पनि युवा भएका कारण युवा र खेलकुद क्षेत्रमा आफनो रुची रहेको उनि बताउँछन् । गुप्ताले भने,‘ म आफै पनि क्रिकेट खेलाडी हुँ, युवाको चाहना अनुसार खेल मैदान बनाउँछु, पालिकामा एउटा क्रिकेट नेट बनाउँछु, जिम हल खोल्ने छु ।

आमा पराजित भएकाे पालिकाकाे प्रमुखमा गुप्ता निर्वाचित

भारतको देहरादुनस्थित द इण्डियन पब्लिक स्कुलबाट मेट्रिक र पटनास्थित सेन्टजिभियर्स क्लेजबाट बिबिए अध्ययन गरेका गुप्ता पालिका प्रमुखमा निर्वाचित भएपछि देशभर उनको चर्चा छ ।

गुप्ता भन्छन्, ‘ मेरो परिवार पहिले देखि नै राजनीतिमा थियो, मलाई पनि राजनीति गरु, नेता बनु भन्ने चाहना थियो तर यति चाडै नेता बन्छु भनेर सोचेको थिइन, तर पढाई पुरा गरेर घर आए लगतै चुनाव लडे र जनताले बिश्वास गरे जिताए ।

गुप्ताकी आमा लालसा देवी २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम हालको जसपाबाट पालिका प्रमुखमा चुनाव लडेकी थिइन् । तर दुर्भाग्यवश उनि जनता दलका उम्मेदवार स्व. नथुनी प्रसाद कुशवाहाबाट  ११९ मतले पराजित भएकी थिइन् ।

उनै लालसाका छोरा गुप्ता सौभाग्यवश अहिले त्यहि दलबाट निकटतम प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवार अजय पटेल भन्दा ११७ मत अन्तरले पालिका प्रमुखमा निर्वाचित हुन पुगेका छन् ।

नवनिर्वाचित गुप्ता सुरेश प्रसाद कलवारका छाेरा हुन् भने जसपाका गाउँपालिका अध्यक्ष देनेश कलवारका भतिजा हुन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...