Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कांग्रेसले टिकट नदिएका रितेश जसपाबाट भारी मतान्तरले विजयी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर ८ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले लजास्पद हार व्यवहोरेपछि काँग्रेस नेतृत्वको चर्को आलोचना शुरु भएको छ ।

वडाध्यक्षमा काँग्रेसबाट टिकट नपाएपछि जसपाबाट उम्मेदवार बनेका रितेश गुप्ता, काँग्रेसकै उम्मेदवार राजेन्द्र श्रेष्ठलाई चार गुणा भन्दा बढि मतले पराजित गरि वडाध्यक्षमा विजयी भएपछि काँग्रेसका नेता कार्यकर्ताले नै नेतृत्वको चर्को आलोचना गरिरहेका हुन् ।

रितेशले वडाध्यक्षमा काँग्रेसका उम्मेदवार राजेन्द्र श्रेष्ठलाई ९१४ मतको अन्तरले हराउदै वडाध्यक्षमा जित हात पारेका छन् । रितेशले १ हजार १७५ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्दी एमालेका राजकिशाेर गुप्ता ५१६ मत प्राप्त गरेका छन् भने काँग्रेसका श्रेष्ठले भने २६१ मत मात्रै पाएका छन् ।

लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका राजुदिन बाबु ५२ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका मनाेज रामले ३७ मत पाएका छन् ।

विधार्थीकालदेखि नेवि संघको राजनीतिमा हुँदै काँग्रेसको बुथसभापति समेत रहिसकेका रितेश, काँग्रेसले टिकट नदिएपछि मनोनयनको अघिल्लो दिन मात्रै जसपामा प्रवेश गरेका थिए ।

काँग्रेसकै लागि लामो समय देखि राजनीति गरेका र पार्टीका लागि सदैव मरिमेट्न तयार रहने रितेशलाइ टिकट नदिइ काँग्रेस नेतृत्वमा रहेका केहि नेताले रकमको लेनदेनमा जनाधार नै कमजोर रहेका श्रेष्ठलाई उम्मेदवार बनाएकाले शर्मनाक पराजय व्यवहोर्नु परेको काँग्रेस कार्यकर्ताहरुले टिप्पणी गरिहेका छन् ।

वडाध्यक्षमा विजयी रितेशसहित सम्पूर्ण वडा समितिका सदस्यहरुलाई जसपाका नेता एंव प्रतिनिधि सभा सदस्य प्रदिप यादवले फुल माला र अविरकाे टिका लगाएर मतगणना स्थल मै बधाई तथा शुभकामना दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...