Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

माैलापुरकाे नगर प्रमुखमा पुन: रिना निर्वाचित, गरिन पदभार ग्रहण

spot_img
spot_img

वीरगंज । राैतहटकाे माैलापुर नगरपालिकाकाे मेयरमा पुन: रिना साह निर्वाचित भएकी छन् । मधेश प्रदेशको प्रथम एवम् एक मात्र महिला मेयरको रुपमा जनपक्षीय काम गरेर चर्चामा रहेकी साहले दोस्रो पटक निर्वाचित हुँदा गठबन्धनको उम्मेदवार रामप्रवेश यादवलाई झण्डै दोब्बर मतले पराजित गरेकी हुन् ।

नेकपा एमालेकी उम्मेदवारको रुपमा साहले ५ हजार ५ सय ६४ मत हासिल गरेकी थिइन भने उनको निकटम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार राम प्रवेश यादवले ३ हजार ६२ मत हासिल गरेका छन् । साहले यादवलाई २ हजार ५ सय २ मतले पराजित गरेकी हुन् ।

शुक्रबार जिल्लाकाे सदरमुकाम गौरमा आयोजित सपथ ग्रहण कार्यक्रममा पद तथा गोपनियताको सपथ लिएसंगै मेयर साह पतौरास्थित नगरपालिकाको कार्यालयमा पदभार ग्रहण गरेकि हुन् । मेयर साहले पहिलो निर्णयको रुपमा सोनरनियामा दलित बस्तीको निर्माणको लागि जग्गा खरिद प्रक्रिया अगाडी बढ़ाउने निर्णय गरिन् ।

पहिलो कार्यकालमा मौलापुर र मर्यादपुरमा उनले निर्माण गरेको नमुना दलित वस्ती नेपालकै नमुनाको रुपमा चर्चा पाएको थियो ।

गत निर्वाचनमा १ सय ३६ वटा स्थानीय तह रहेको मधेश प्रदेशमा एक मात्र महिला मेयरको रुपमा निर्वाचित भएकी थिइन् । आफ्नो पहिलो कार्यकालमा उत्कृष्ट कार्य गरेर चर्चामा रहेकी साहले नगरवासीको भरपुर साथ पाएको छ । पाँच दलीय गठबन्धनका राजनीतिक खेलाडीहरुलाई धुल चटाउदै मधेशी समुदायको महिला मेयरको रुपमा निर्वाचित भएर साहले पुन: एक पटक किर्तिमान कायम गरेकी हुन् ।

मेयर साहको प्यानलमा मौलापुर नगरपालिकाको उपमेयर नागेन्द्र राय यादव पनि विजयी भएका हुन् । मौलापुरको ९ वटा वडामध्ये एउटा नेकपा एकीकृत समाजवादी, एउटा नेकपा माओवादी केन्द्र र एउटामा स्वतन्त्र उम्मेदवारले जितेको छ भने बाँकी सबै वडामा एमालेले प्यानलसहित जितेको छ ।

वडा नं. १ काे वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका जयनाथ प्रसाद कुशवाहा, २ मा एमालेका भगवान राउत कुर्मी, ३ मा एमाले कै महेश महताे काेइरी, ४ मा एमाले कै थिर बहादुर प्रसाद, ५ मा एमाले कै चन्द्रशेखर प्रसाद साह, ६ मा नेकपा एसका इश्वर दयाल प्रसाद यादव, ७ मा एमाले कै रामपुकार साह, ८ मा स्वतन्त्र शिउ पप्रश्न प्रसाद यादव र ९ मा एमाले कै श्याम किशाेर साह निर्वाचित भएका छन् । 

दाेस्राे पटक मेयरमा निर्वाचित साह एमालेका प्रभावशाली नेता प्रभु साहकाे श्रीमती हुन् । याे पालिकाे निर्वाचनमा निर्वतमान जनप्रतिनिधिहरु बहुत कम मात्रामा निर्वाचित भइरहेकाे बेलामा उनी आीफ्नाे नगरपालिकामा दाेस्राे पटक पनि पूर्ण बहुमतसहित श्रीमतीलाई जिताउन सफल भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...