Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पर्सामा एक मात्र छिपहरमाई गापाकाे अध्यक्षमा पुन: गुप्ता विजयी

spot_img
spot_img

वीरगंज । पर्साको छिपहरमाइ गाउँपालिकाको अध्यक्षमा पुन: मनोज कुमार गुप्ता विजयी भएका छन् । शुक्रबार बिहान सकिएको मगणनाको अन्तिम परिणाम अनुसार गाँउपालिका अध्यक्षमा एमालेका उम्मेदवार एंव निवर्तमान अध्यक्ष मनाेज कुमार गुप्ता विजयी भएका हुन् । पर्साकाे एक मात्र पालिका अध्यक्षमा गुप्ता पुन: दाेस्राे कार्यकालकाे लागि विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार इन्द्रासन साह कलवारलाई ३२० मत अन्तरले हराउँदै एमालेका गुप्ता पुन: अध्यक्षमा निर्वाचित भएका हुन् । गुप्ताले ४ हजार १८८ मत पाउँदा कलवारले भने ३८६८ मत पाएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नवीन सिंह भने ३ हजार ५२८ मत पाएर तेश्रो स्थानमा रहे । 

नेकपा माओवादी केन्द्रका उम्मेदवार राजिव कुमार जयसवाल १७६ मत मात्र पाएका छन् ।

यसअघि २०७४ को निर्वाचनमा गुप्ता नेकपा माओवादी केन्द्रको उम्मेदवार बनेर २ हजार ८५१ मतका साथ गाउँपालिका अध्यक्षमा निर्वाचत भएका थिए । गुप्ता एमालेका पर्सा जिल्ला सचिव पनि हुन् ।

यस्तै  छिपहरमाई गाँउपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसले जितेको छ । उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार लीलावती देवी कानु निर्वाचित भएकी छन् । लीलावती देवी ३ हजार ८०१ मतका साथ निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार मोदीना खातुनले भने ३ हजार ५९० मत पाएकी छन् । 

जसपाकी उपाध्यक्षका उम्मेदवार रेहाना खातुन  ३ हजार ४९४ मत र माओवादी केन्द्रकी सुमन गुप्ता ४८० मत पाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...