Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

सखुवा प्रसाैनीकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार ३२ वर्षीय जसवन्त यादव निर्वाचित भएका हुन् । 

२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम र हालको जसपाले टिकट नदिएपछि स्वतन्त्र चुनाव लडेर चौथो स्थानमा सिमित भएका  यादवले यसपाली भने एमालेको उम्मेदवार बनेर जसपाकै उम्मेदवार एंव निवर्तमान अध्यक्ष प्रदीप् जयसवाललाई १ हजार ८३१ मतको फराकिलो अन्तरले हराउँदै सखुवाप्रसौनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । 

यादवले ६६४१ मत पाउँदा जसपाका जयसवालले भने ४८१० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका शैलेन्द्र कुमार यादव २ हजार ५१३ मत, नेकपा माओवादी केन्द्रका अफजल हुसेन ५६८ मत, राप्रका देवनारायण प्रसाद थारु २२६ मत र नेपाल सुशासन पार्टीका बृजमाेहन प्रसाद चाैधरी २०० मत पाएका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा भने जसपाकी शर्मिला बिष्ट निर्वाचित भएकी छन् । नेकपा एमालेकी उम्मेदवार एवं निवर्तमान उपाध्यक्ष फुलमति कुमारी थरुनीलाई २१२ मतान्तरले पछि पार्दै बिष्ट विजयी भएकी हुन् ।

बिष्टले ४ हजार ४ सय ६८ मत ल्याएकी छिन् भने निवर्तमान उपाध्यक्ष थरुनीले ४ हजार २ सय ५६ मत पाइन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...