Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कांग्रेसका टिकट च्यातेका अन्सारी विवेकशिल साझाबाट विजयी

spot_img
spot_img

वीरगंज । बाराको फेटा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा विवेकशील साझा पार्टीका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा विवेकशील साझा पार्टीका रुस्तम अन्सारी र उपाध्यक्षमा सोही पार्टीका नीलम साह बिजयी भएका हुन ।

गाउँपालिका अध्यक्षमा अन्सारी ४ हजार ४८५ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय फेटाले जनाएकाे छ । उनकाे निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका निर्वतमान गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसाद २ हजार ३९९ मत प्राप्त गरेका छन् । निर्वतमान अध्यक्ष अमिरिलाल भन्दा २ हजार ८६ मत बढी ल्याएर अन्सारी विजयी भएका हुन् ।

लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका उम्मेदवार मदन प्रसाद साह कानु १ हजार ९८६ मत, जनता समाजवादी पार्टी (जसपा) नेपालका रामएकबाल प्रसाद तेली १ हजार ४५९ मत, नेपाली कांग्रेसका चन्देश्वर दुबे १ हजार ८६ मत, जनमत पार्टी (जपा) का जयप्रकाश कुमार साह ४३२ मत र नेकपा एकीकृत समाजवादीका अरविन्द प्रसाद साह ३४३ मत पाएका छन् ।

उपाध्यक्षमा विवेकशिल साझा कै निलम साह ३ हजार ५७० मत ल्याएर विजयी भएकी छन् । उनकाे निकटतम् प्रतिद्वन्दी एमालेकी कमरुन खातुन २ हजार ३३३ मत प्राप्त गरेकी छन् । खातुन भन्दा १ हजार २३७ मत बढी ल्याएर साह विजयी भएकी हुन् ।

लाेसपाकी वेनजिरा खातुन १ हजार ७९५ मत, जसपाकी हुसन तायवा खातुन १ हजार ३७९ मत, जपाकी रम्भा देवी १ हजार ९० मत, कांग्रेसकी बसरा खातुन ८६९ मत र नेकपा एसकी प्रभावती देवी कलवार ३६६ मत पाएका छन् । 

गाउँपालिकामा निर्वाचितहरुलाई निर्वाचन कार्यालयले प्रमाण पत्र समेत वितरण गरिसकेकाे निर्वाचन अधिकृत गोपीकृष्ण रेग्मीले जानकारी दिए ।

गाउँपालिका अध्यक्षमा निर्वाचित अन्सारीले आफूले चुनावमा वाचा गरेका सबै वाचा पूरा गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । उनले यो जीत आफ्नो नभएर पूरा फेटा गाउँबासीको जीत भएको र सबैलाइ समेटेर अगाडि बढ्ने बताए ।

साथै उनले निर्वाचनलाई निश्पक्ष, स्वच्छ, शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराई समयमै नतिजा प्रकाशीत गराएकोमा यहाँको राजनीतिक दल, सुरक्षाकर्मी, निर्वाचन अधिकृत, पालिकाका प्रतिनिधि, सञ्चारकर्मी लगायत सम्पूर्ण पालिका बासीबहुरुलाई धन्यवाद समेत दिए ।

अन्सारीलाई गाउँपालिका अध्यक्षकाे कांग्रेसले समेत टिकट दिएकाे थियाे । लामाे समय कांग्रेस मै रहेर सक्रिय राजनीति गरेकाे अन्सारीलाई गाउँपालिका अध्यक्षकाे कांग्रेसले टिकट दिए पनि उनी निकटकाहरुलाई वडाध्यक्षकाे टिकट नदिए पछि उनी कांग्रेसले दिएकाे टिकट च्यातेर विवेवशिल साझाबाट उम्मेदवारी दिएका थिए ।

७ वटा वडा रहेकाे गाउँपालिकाकाे जसपा, लाेसपा, विवेकशिल साझा २/२ वडामा र एउटा वडामा एमालेका उम्मेदवार विजयी भएका छन् ।

वडा नं. १ काे वडाध्यक्षमा जसपाका विगन दास तत्मा, २ मा एमालेका नरेश प्रसाद, ३ मा विवेकशिल साझाका प्रहलाद प्रसाद साह तेली, ४ मा लाेसपाका वकिल प्रसाद यादव अहिर, ५ मा जसपाका एेबुब मियाँ अंसारी, ६ मा विवेकशिल साझा कै अमीर हमजा ठकुराई र ७ मा लाेसपाका पप्पु सिंह विजयी भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...