Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

जगरनाथपुर गापाकाे अध्यक्षमा कांग्रेसका यादवकाे सान्दार जित

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाँउपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाँउपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार श्रीकान्त यादव र उपाध्यक्षमा पनि कांग्रेसकी बबिता सिंह निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित यादवले ५ हजार ७४९ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी निर्वतमान गाउँपालिका अध्यक्ष जालीम मियाँका भाई एवम् एमाले उम्मेदवार महम्मद सलिम मन्सुर ३ हजार ९२६ मत मात्रै पाएका छन् । यादवले मन्सुरलाई १ हजार ८२३ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । जसपाका उम्मेदवार कृष्णमोहनप्रसाद यादवले ३ हजार ४४७ मत पाएका छन् । 

पहिलेका माओवादी र अहिलेका एमाले नेता रहेका जालीमकाे विरासत कांग्रेस पर्सा क्षेत्र नं. ४ काे सभापति समेत रहेका श्रीकान्त ढालन सफल भएका छन् ।  

आफू संघीय संसदमा चुनाव लड्ने तयारीमा रहेका निवर्तमान अध्यक्ष जालीमले स्थानीय तह निर्वाचनमा भने आफ्ना भाइ महम्मद सलिम मन्सुरलाई एमालेबाट गाँउपालिका अध्यक्षको उम्मेदवार बनाएका थिए । तर पटक-पटक गाविस अध्यक्ष र एक पटक गाँउपालिका अध्यक्षसमेत जितिसकेका जालीम, यसपालि भने आफ्नै पालिकामा आफ्नो विरासत जोगाउन असफल भएका छन् ।

२०७४ को निर्वाचनमा भने जालीम ३ हजार ४१ मतका साथ गापा अध्यक्षमा निर्वाचित हुँदा काँग्रेसका यादव भने २ हजार ९८६ मत प्राप्त गरी तेश्रो स्थानमा रहेका थिए ।

मुख्यमन्त्री राउतकी पत्नि उपाध्यक्षमा पराजित

जगरनाथपुर गाँउपालिकाको उपाध्यक्षमा मधेस प्रदेशकी मुख्यमन्त्री लालबाबु राउतकी पत्नि जलेखा खातुन पनि पराजित भएकी छन् । उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार बबिता सिंह निर्वाचित भएकी छन् ।

जसपाबाट उम्मेदवार बनेकी मुख्यमन्त्री राउतकी पत्नि जलेखा खातुनलाई २ हजार १८६ मतको  फराकिलो अन्तरले पराजित गर्दै कांग्रेसकी बबिता उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

बबिताले ५ हजार ५३१ मत पाउँदा मुख्यमन्त्री पत्नि जलेखा खातुनले भने ३ हजार ३४६ मत मात्रै पाएकी छन्।  यसअघि जसपाबाटै उपाध्यक्षमा निर्वाचित भएकी बिस्मिल्लाह खातुनलाई टिकट नदिइ जसपाले मुख्यमन्त्री राउतको जोडबलमा उनकी पत्नि जलेखालाई उम्मेदवार बनाउने तयारी गरेपछि मनोनयनको अन्तिम समयमा बिस्मिल्लाह जसपा छाडेर माओवादी केन्द्रमा प्रवेश गरेकि थिइन् ।

४ वडामा कांग्रेस र २ वडामा एमाले विजयी

६ वटा वडा रहेकाे गाउँपालिकाकाे ४ वटा वडामा कांग्रेस र २ वटा वडामा एमालेका उम्मेदवार विजयी भएका छन् ।

वडा नं. १ काे वडाध्यक्षमा कांग्रेसका लक्ष्मी साह तेली, २ मा कांग्रेस कै नेपाली प्रसाद कुशवाहा, ३ मा कांग्रेस कै सुभाष कुमार यादव, ४ मा एमालेका प्रभुनाथ प्रसाद नुनिया, ५ मा कांग्रेस कै विहारी महताे नुनिया र ६ मा एमालेका अयाेध्या प्रसाद कुर्मी विजयी भएका छन् ।

१ मतले पुन: कुर्मी विजयी  

जगरनाथपुर गाउँपालिका वडा नं. ६ काे वडाध्यक्षमा पुन: अयाेध्य प्रसाद कुर्मी विजयी भएका छन् । कांग्रेसका उम्मेदवार लक्ष्मण प्रसाद कुर्मीलाई १ मतले हराउँदै एमालेका उम्मेदवार अयाेध्या विजयी भएका हुन् ।

अयाेध्या ९०४ मत ल्याएर विजयी भएका छन् भने उनकाे निकटतम् प्रतिद्वन्दी लक्ष्मणले ९०३ मत प्राप्त गरेका छन् । वडाध्यक्षका अर्का उम्मेदवार जसपाका रमेश गिरीले ५६१ मत पाएका छन् ।

वडाध्यक्षमा पराजित रमेश गिरी प्रदेश सभा सदस्य प्रहलाद गिरीका छाेरा हुन् । तत्कालिन संघिय समाजवादी फाेरमाबाट निर्वाचित गिरी अहिले लाेसपामा छन् । तर उनकाे छाेरा रमेश जसपाबाट वडाध्यक्षमा चुनाव लडेका थिए । 

एमालेका अयाेध्या विजयी भएकाे वडा कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीकाे वडा पनि हाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...