Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पाेखरियाकाे प्रमुख र उप प्रमुखमा एमालेका उम्मेदवार विजयी

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा प्रदुमनप्रसाद चौहानले कांग्रेसका दीपनारायण रौनियारलाई २ हजार ४ सय ३३ मतान्तरले पराजित गरेका हुन् । 

संविधानसभा सदस्यसमेत रहेका चौहानले ५ हजार ५५४ मत ल्याएका छन् । पोखरियाका निवर्तमान मेयरसमेत रहेका रौनियारले ३ हजार १ सय २१ मत ल्याए ।

नेपाल सुशासन पार्टीका शंकर राउत अहिर २ हजार ९ सय ९ मत, लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका नेजामुदिन सम्मानी २ हजार ६ सय १५ मत, जनता समाजवादी पार्टी (जसपा) नेपालका राजु साह तेली ८ सय ५८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिवन ज्याेति पासवान ४७ मत पाएका छन् ।

उप्रमुखमा एमालेकी रुवी ठाकुरले कांग्रेसकी रेहाना खातुनलाई १ हजार २ सय ६६ मतान्तरले पराजित गरेकी छन् । ठाकुरले ५ हजार १ सय ९५ मत ल्याएकी छन् भने खातुनले ३ हजार ९ सय २९ मत ल्याएकी निर्वाचन कार्यालयले जनाएको छ ।

लाेसपाकी आशा कुमारी चाैहान २ हजार ४ सय ६५ मत, सुशासन पार्टीकी वीणा देवी २ हजार २ सय ४९ मत र जसपाकी रेनु देवी ६ सय ४३ मत पाएका छन् ।

१० वडा रहेको पोखरिया नगरपालिकामा कांग्रेसले ५, एमालेले ४ र नेपाल सुशासन पार्टीले एउटा वडाध्यक्ष जितेका छन् ।

वडा नं. १ मा एमालेका प्रमाेद गिरी, २ मा एमाले कै केदार महताे चाई, ३ मा एमाले कै रामप्रबेश प्रसाद चाई, ४ मा कांग्रेका लक्ष्मण साह कानु, ५ मा एमाले कै महिन्द्र महताे चाई, ६ मा कांग्रेसका सियानन्द प्रसाद चाैहान, ७ मा कांग्रेस कै परमानन्द प्रसाद कुर्मी, ८ मा कांग्रेस कै किशाेरी साह, ९ मा सुशासन पार्टीका नाैसाद आलम र १० मा कांग्रेस कै साेनालाल प्रसाद गाेढ विजयी भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...