Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

बिन्दबासिनीकाे अध्यक्षमा लाेसपा र उपाध्यक्षमा एमाले विजयी

spot_img
spot_img
वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका अध्यक्षमा लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका प्रमाेद तिवारी र उपाध्यक्षमा नेकपा एमालेकी ज्याेति देवी चाैरसिया विजयी भएका छन् ।
 
गाउँपालिका अध्यक्षमा लाेसपाका उम्मेदवार तिवारी ४ हजार १४१ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय बिन्दबासिनीले जनाएकाे छ । उनकाे निकतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका विवेक चाैरसिया ३ हजार ४६८ मत प्राप्त गरेका छन् । तिवारी ६७३ मतले विजयी भएका हुन् ।
 
एमालेका गम्भिरा साह तेली १ हजार ८८९, जनता समाजवादी पार्टी (जसपा) नेपालका निर्वतमान गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु १ हजार २ सय ९२ मत र नेपाल सुशासन पार्टीका मधुसुधन चाैरसिया ५९९ मत ल्याएका छन् ।
 
गाउँपालिका उपाध्यक्षमा एमालेकी ज्याेति देवी चाैरसिया २ हजार ३६६ मत ल्याएर विजयी भएकी छन् । उनकाे निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी सुनिता चाैरसिया २ हजार २८७ मत प्राप्त गरेका छन् । एमालेकी ज्याेति माओवादीकी ज्याेति भन्दा ७९ मत बढी ल्याएर विजयी भएकी हुन् ।
 
कांग्रेसकी किरण देवी गुप्ता २‍ हजार २८१ मत, लाेसपाकी अनिता देवी गुप्ता १ हजार ६११ मत र जसपाकी मिरा ठाकुर १२०८ मत पाएका छन् ।
 
५ वटा वडा रहेकाे गाउँपालिकाकाे ३ वटा वडामा कांग्रेस र एक/एक वटा वडामा जसपा र माओवादी विजयी भएकाे छ । 
 
वडा नं. १ काे वडाध्यक्षमा जसपाका अकक्षय लाल महताे, वडा नं. २ मा कांग्रेसका मुक्तीनाथ प्रसाद कुर्मी, वडा नं. ३ मा कांग्रेस कै जयप्रकाश चाैरसिया, वडा नं. ४ मा पुन: कांग्रेस कै अनाेज चाैरसिया र वडा नं. ५ मा माओवादी केन्द्रका माेहन राउत अहिर विजयी भएका छन् । 
 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...