Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पकहा मैनपुरमा पुरै प्यालनसहित कांग्रेस विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुरमा गाउँपालिकाकाे सम्पूर्ण वडासहित गाउँपालिकामा कांग्रेस विजयी भएकाे छ । गाउँपालिका अन्तर्गतकाे सम्पूर्ण वडाकाे वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका सुरेश मेहता २ हजार १५६ मतले विजयी भएका छन् । मेहताले ४ हजार ६८५ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय पकहा मैनपुरले जनाएकाे छ ।

उनकाे निकटतम् प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) नेपालका निर्वतमान गाउँपालिका अध्यक्ष २ हजार ५२९ मत मात्र प्राप्त गरेका छन् । गाउँपालिका अध्यक्षका अर्का उम्मेदवार नेकपा एमालेका राजेश सहनी  १ हजार २१७, नेपाल सुशासन पार्टीका प्रभु प्रसाद कुर्मी ४०७ मत, नेकपा एकीकृत समाजवादीका मदन हजारा दुसाद ३२६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी ज्याेति कुमारी १३ मत पाएका छन् ।

गाउँपालिका उपाध्यक्षमा कांग्रेस कै सरफुन नेसा ४ हजार १४१ मत ल्याएर विजयी भएका छन् । उनकाे निकटतम् प्रतिद्वन्दी एमालेकी निर्मला चाैरसिया १ हजार ८७२ मत प्राप्त गरेकी छन् । सरफुन २ हजार २६९ मतान्तरले विजयी भएका हुन् ।

जसपाकी जैबुन नेसा १ हजार ५७९ मत, सुशासन पार्टीकी अदेया देवी मेहता ४५६ मत, नेकपा एसकी नजमा खातुन ३११ मत, लाेसपाका कृष्ण प्रसाद कुर्मी २६१ मत, जनमत पार्टीका हरिशचन्द प्रसाद यादव ६५ र स्वतन्त्र उम्मेदवार मुक्तिनारायण प्रसाद चाैहान ३५ मत पाएका छन् ।

५ वटा वडा रहेकाे गाउँपालिका सबै वडाका अध्यक्षसहित दुई वडा सदस्य वाहेक सबै वडामा कांग्रेस कै उम्मेदवार विजयी भएका छन् ।

वडा नं. १ धाेरेकाे वडाध्यक्षमा कांग्रेस कै विनाेद मेहता, वडा नं. २ सुर्जाहाकाे वडाध्यक्षमा कांग्रेस कै संजय प्रसाद चाैहान, वडा नं. ३ पकहा मैनपुरकाे वडाध्यक्षमा कांग्रेस कै मुकुट प्रसाद चाैहान, वडा नं. ४ लहावरथकरीकाे वडाध्यक्षमा पुन: कांग्रेस कै ढेडी प्रसाद यादव र वडा नं. ५ सबैठवाकाे वडाध्यक्षमा कांग्रेस कै बलिराम प्रसाद बरै विजयी भएका हुन् ।  

यसैगरी वडा नं. २ काे महिला सदस्य र दलित महिला सदस्य वाहेक सबै वडामा कांग्रेस कै उम्मेदवारहरु विजयी भएकाे वताइएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...