Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कालिकामाई ५ काे वडाध्यक्षमा जसपाका कुर्मी विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ५ काे अध्यक्षमा जसपाका जयनारायण प्रसाद कुर्मीसहित प्यानल विजयी भएकाे छ । वडाध्यक्षमा कुर्मी ७६६ मत ल्याएर विजयी भएका हुन् ।

उनकाे निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका माधाे कुमार चाैहान ५७६ मत प्राप्त गरेका छन् । कुर्मी १९० मतान्तरले चाैहालाई हराउँदै विजयी भएका हुन् । यस अघि २०७४ सालकाे निर्वाचनमा कुर्मी वडाध्यक्षमा चुनाव लडे पनि पराजित भएका थिए ।

नेकपा एमालेका उम्मेदवार हनिफ मियाँ १३५ मत, नेपाल सुशासन पार्टीका शिव महताे २५ मत, लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका अनिता तिवारी ७ मत र राष्ट्रिय प्रजातन्त्र  पार्टीका जिताबाबु राम ४ मत पाएका छन् ।

वडा सदस्यमा जसपा कै मन्जित कुमार राउत ६८५ मत ल्याएर र रामप्रबेश प्रसाद कुर्मी ६५८ मत ल्याएर विजयी भएका छन् । महिला सदस्यमा जसपा कै ललिता देवी ७३६ मत साथ र दलित महिला सदस्यमा जसपा कै मालती देवी दुसादिन ७२३ मत ल्याएर विजयी भएका हुन् ।

यस वडाबाट गाउँपालिका अध्यक्षमा सब भन्दा बढी जसपाका बशिष्ट गुप्ताले ५६१ मत, कांग्रेसका अजय पटेलले ३६७ मत, नेकपा एमालेका राजेश चाैरसियाले १६५ मत र नेपाल सुशासन पार्टीका दिपु तिवारीले ४२२ मत पाएका छन् ।

उपाध्यक्षमा सब भन्दा बढी जसपाकी सहानी खातुन ६११ मत, कांग्रेसकी राजमती बरैनी ३५२ मत, एमालेकी श्रीमती अंशु आनन्दले ४७५ मत र सुशासन पार्टीका ५५ मत पाएका छन् ।

वडाध्यक्षमा निर्वाचित कुर्मीसहित वडा सदस्यहरुलाई आजै निर्वाचन कार्यालयले निर्वाचन भएकाे प्रमाण पत्र समेत वितरण गरेकाे छ । निर्वाचन अधिकृत प्रकाश काेइराला र प्रमुश प्रशासकिय अधिकृत अमित कुमार गिरीले संयुक्त रुपमा प्रमाण पत्र वितरण गरेका हुन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...