Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कालिकामाईकाे अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

गाउँपालिका अध्यक्षमा जसपाका बशिष्ट गुप्ता ३ हजार ७४३ मत प्राप्त गरी विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय कालिकामाईले जनाएकाे छ । उनकाे निकटतम प्रतिस्पर्धी कांग्रेसका अजय पटेलले ३ हजार ६२६ मत प्राप्त गरेका छन् । २१ बर्षिय बशिष्ट ११७ मतान्तरले विजयी भएका हुन् ।

भारतकाे देहरादुनबाट बिबिए अध्ययन गरेका बशिष्ट एक बर्षदेखी घर मै बसेका थिए । बशिष्ट जसपाका गाउँपालिका अध्यक्ष दिनेश प्रसाद कलवारका भतिजाे हुन् ।  

गाउँपालिका अध्यक्षका अर्का उम्मेदवार नेकपा एमालेका निर्वतमान कार्यवाहक अध्यक्ष एवम् उपाध्यक्ष रजेश चाैरसिया १ हजार ३१७ मत, नेपाल सुशासन पार्टीका बलराम तिवारी (दिपु) ९५९ मत, लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका प्रभुलाल प्रसाद चाैरसिया १३८ मत र नेकपा माओवादी केन्द्रका महिन्द्र राउत कुर्मी ३९ मत पाएका छन् ।

मतगणना सुरु भएदेखी नै कांग्रेसका अजय अग्रता कायम राखे पनि वडा नं. ५ बिरन्चिबर्वामा गएर जसपाका बशिष्टबाट पछाडी परेका थिए । एउँटै गाउँ मुडलीका रहेका बशिष्ट र अजय बिच सुरुदेखी अन्त सम्म कडा प्रतिस्पर्धा देखिएकाे थियाे ।

उपाध्यक्षमा कांग्रेसकी राजमती ३ हजार ९३३ मत ल्याएर विजयी भएका छन् । उनकाे निकटतम् प्रतिस्पर्धी जसपाकी सहानी खातुन ३ हजार ७५४ मत प्राप्त गरेका छन् । राजमती सुरुदेखी अन्तिम सम्म अग्र स्थानमा रहँदै विजयी भएका हुन् ।

उपाध्यक्षका अर्का उम्मेदवार नेकपा एमालेका श्रीमती अंशु आनन्दले ११४६ मत, सुशासन पार्टीकी नितु कुमारी ५७३ मत र लाेसपाका अनिला देवीले १२१ मत पाएका छन् ।

अध्यक्षमा निर्वाचित दल जसपाले उपाध्यक्षमा निर्वाचित राजमतीलाई टिकट नदिएपछि उनी कांग्रेस प्रबेश गरी टिकट लिन सफल भएकी थिइन ।

५ वटा वडा रहेकाे गाउँपालिकाकाे ३ वटा वडाध्यक्षमा जसपा, एक/एक वटामा एमाले र कांग्रेस विजयी भएकाे छ । 

वडा नं. १ मा जसपाका लालबाबु चाैरसिया, वडा नं. २ मा पुन: एमालेका साेनालाल चाैरसिया, वडा नं. ३ मा पुन: जसपाका संजय  पटेल, वडा नं. ४ मा कांग्रेसका संजय साह र वडा नं. ५ मा जसपा कै जयनारायण पटेल विजयी भएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...