Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

जिराभवानीकाे अध्यक्षमा कांग्रेसका अनाेज र उपाध्यक्षमा रेखा विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका अनाेज चाैधरी र उपाध्यक्षमा कांग्रेस कै रेखा चाैधरी विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय जिराभवानीले जनाएकाे छ ।

निर्वतमान गाउँपालिका अध्यक्ष समेत रहेका नेकपा एमालेका रामपृत महताेलाई हराउँदै अनाेज र निर्वतमान उपाध्यक्ष समेत रहेकी एमालेकी उषा देवी थरुइनीलाई हराउँदै रेखा विजयी भएका हुन् ।

गाउँपालिका अध्यक्षमा अनाेज ४ हजार ५६० मत ल्याएर विजयी भएका छन् । उनकाे निकटतम् प्रतिद्वन्दी एमालेका रामपृत ३ हजार २९९ मत प्राप्त गरेका छन् । अनाेज १ हजार २६१ मतान्तरले विजयी भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका विकाउ प्रसाद भण्डारी थारु १ हजार ६५ मत र नेकपा माओवादी केन्द्रका जयनारायण प्रसाद चाैधरी १०६५ मत पाएका छन् ।

उपाध्यक्षमा कांग्रेसकी रेखाले ४ हजार ७१० मत ल्याएर विजयी भएका छन् । उनकाे निकतम् प्रतिद्वन्दी एमालेकी थरुनी २ हजार ९६५ मत, जसपाकी बिन्दु देवी थरुनी १ हजार ४२८ मत, माओवादी केन्द्रकी उम्मेदवार ८१४ मत र नेकपा (एकीकृत समाजवादी) की सबरुन नेसा १२७ मत पाएका छन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...