Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कालिकामाई ४ काे वडाध्यक्षमा कांग्रेसका साह विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ४ प्रशुरामपुरकाे अध्यक्षमा नेपाली कांग्रेसका संजय कुमार साह प्यानलसहित विजयी भएका छन् । वडाध्यक्षमा साह ७६९ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय कालिकामाईले जनाएकाे छ ।

उनकाे निकतम् प्रतिद्वन्दी निर्वतमान वडाध्यक्ष जसपाका हरिओम साह कलवार ७३२ मत प्राप्त गरेका छन् । साह ३७ मत अन्तरले विजयी भएका हुन् । एमालेका जितेन्द्र कुमार गुप्ता ४८ मत र नेपाल सुशासन पार्टीका करिमन साह तेली ५ मत पाएका छन् ।

वडा सदस्यमा कांग्रेस कै उमाशंकर मुखिया विन, माेलाजिम मियाँ मन्सुरी, महिला सदस्यमा निर्मला देवी चाैरसिया र दलित महिला सदस्यमा सिमा देवी विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जानकारी दिएकाे छ ।

गाउँपालिका अध्यक्षमा सब भन्दा बढी कांग्रेसका अजय पटेलले ७०८ मत, जसपाका बशिष्ट गुप्ता ६९१ मत, एमालेका राजेश चाैरसिया १०६ मत पाएका छन् । उपाध्यक्षमा सब भन्दा बढी कांग्रेसकी राजमती बरैइन ७४५ मत, जसपाकी सहानी खातुन ६९७ मत र एमालेकी श्रीमती अंशु आनन्दले ९२ मत पाएका छन् । 

यसै बिच वडाध्यक्षमा निर्वाचित साहसहित वडा सदस्यहरुलाई कांग्रेसका गाउँपालिका सभापति छठु साहले फुल माला र अविरकाे टिका लगाएर बधाई तथा सफल कार्यकालकाे शुभकामना दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...