Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईमा कांग्रेस र जसपा बिच कडा टक्कर

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बिच कडा प्रतिस्पर्धा देखिएकाे छ । नेपाली कांग्रेसका उम्मेदवार अजय पटेलले सुरु देखि नै अग्रता कायम राखेका छन् । दाेस्राे स्थानमा रहेकाे जसपाका उम्मेदवार बशिष्ट गुप्ता ७७ मतान्तरले पछाडि परेका छन् ।

वडा नम्बर १ देखि ४ सम्मका ९ हजार एक सय ८६ मत गन्दा कांग्रेसका पटेल जसपाका गुप्ताभन्दा ७७ मतान्तरले अगाडि छन् । पटेलले तीन हजार २ सय ५९ मत ल्याएका छन् । गुप्ताले तीन हजार एक सय ८२ मतसहित पछ्याइरहेका छन् । ७ हजार ७ सय २८ मत गन्दासम्म पटेल २ सय १२ मतान्तरले अगाडि थिए । नेकपा (एमाले)का उमेदवार राजेशकुमार चौरसिया एक हजार एक सय ५२ मतसहित तेस्रो स्थानमा छन् ।

अन्तिम ५ नम्बरकाे वडाकाे मतगणना पनि सुरु भएकाे छ । पाँच वडा रहेको गाउँपालिकामा अबको नेतृत्व यही वडाको मतगणनाले निर्धारण गर्नेछ ।

उपाध्यक्षमा पनि कांग्रेसकी उमेदवार राजमतीदेवी चौरसियाले तीन हजार ६ सय ३० मतका साथ अग्रता लिएकी छन् । जसपाकी उमेदवार सहानी खातुन तीन हजार २ सय ४८ मतका साथ दोस्रो र एमालेकी अंशु आनन्दले ७४६ मत साथ तेस्राे स्थानमा छन् ।

गाउँपालिका अन्तर्गतका मतगणना सम्पन्न वडा मध्ये दुई वटामा जसपा, एक वटामा एमाले र एक वटा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं. १ मा जसपाका लालबाबु प्रसाद चाैरसिया, वडा नं. २ मा एमालेका साेनालाल चाैरसिया, वडा नं. ३ मा जसपाका संजय पटेल र वडा नं. ४ मा कांग्रेसका संजय साह गाेढ विजयी  भइसकेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...