Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कालिकामाई ३ काे वडाध्यक्षमा पुन: जसपाका पटेल विजयी

spot_img
spot_img

वीरगंंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ३ काे अध्यक्षमा पुन: संजय कुमार पटेल निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार पटेल ६५० मत ल्याएर वडाध्यक्षमा विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय कालिकामाईले जनाएकाे छ ।

उनकाे निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका रामशिष प्रसाद बरैई ५६३ मत ल्याएका छन् । पटेल ८७ मत अन्तरले विजयी भएका हुन् । पटेल यस अघिकाे २०७४ सालकाे निर्वाचनमा पनि तत्कालिन संघिय समाजवादी फाेरम नेपाल र हालका जसपाबाट नै विजयी भएका थिए ।

नेपाल सुशासन पार्टीका दिनेश प्रसाद कुर्मी ३२३ मत, नेकपा एमालेका राजेश प्रसाद कुर्मी ८७ मत, नेकपा माओवादी केन्द्रका अमरदिप पटेल कुर्मी ५ मत र स्वतन्त्र उम्मेदवार कामेश्वर साह तेली एक मत पाएका छन् ।

गाउँपालिका अध्यक्षमा सब भन्दा बढी जसपाका बशिष्ट गुप्ताले ७११ मत, कांग्रेसका अजय पटेलले ३५६ मत, एमालेका उम्मेदवार निर्वतमान गाउँपालिका उपाध्यक्ष राजेशिया ११३ मत पाएका छन् ।

उपाध्यक्षमा सब भन्दा बढी जसपा कै सहाना खातुन ६९५ मत, कांग्रेसकी राजमति बरैइनी ४६५ मत र एमालेकी अंशु आनन्दले १०० मत पाएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...