Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

परवानीपुरकाे अध्यक्षमा एमालेका कुर्मी र उपाध्यक्षमा कनुइन विजयी

spot_img
spot_img

वीरगंज । बाराकाे परवानीपुर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका रामक्षत्री प्रसाद कुर्मी विजयी भएका छन् । कुर्मीले २९१७ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय परवानीपुरले जनाएकाे छ ।

उनकाे निकटतम् प्रतिद्वन्दी लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका जगत नारायण महताे २४४३ मत ल्याएका छन् । कुर्मी ४७४ मत अन्तरले विजयी भएका हुन् । 

नेपाली कांग्रेसका लालबाबु प्रसाद यादव २४२६ मत, जनता समाजवादी पार्टी (जसपा) नेपालका सन्जु साह कानु १९६६ मत, नकपा माओवादी केन्द्रका अजय कुमार कुर्मीले ८६७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महाविर प्रसाद यादव १०९ मत, स्वतन्त्र उम्मेदवार राजेश कुमार साह ८१, जनमत पार्टी (जपा) का पृथ्वी नारायण यादव ६६ मत र नेकपा एकीकृत समाजवादीका ओमप्रकाश राउत कुर्मी ५२ मत पाएका छन् ।

गाउँपालिका उपाध्यक्षमा  एकाले कै सुगान्धी देवी कनुइन विजयी भएकी छन् । कनुइन ३२३२ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

उनकाे निकटतम् प्रतिद्वन्दी लाेसपाकी सावित्री देवी २३८७ मत, कांग्रेसकी कुराननेसा खातुन २१९४, जसपाकी बिन्दु कुमारी देवी १५७३ मत, माओवादी केन्द्रकी सिता देवी चाैहानले १०५२ मत, राप्रपाकी वविता देवी धनुकाइन १०७ मत, जपाकी कलावती यादव ९४ मत र नेकपा एसकी  रामकली देवी कनुइन ५३ मत पाएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...