Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कालिकामाई २ काे वडाध्यक्षमा पुन: चाैरसिया विजयी

spot_img
spot_img
वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीकाे वडाध्यक्षमा पुन: साेनालाल चाैरसिया विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार चाैरसिया ५७२ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय कालिकामाईले जनाएकाे छ ।
 
उनकाे निकटतम् प्रतिद्वन्दी नेकपा (एकीकृत समाजवादी)का डा. दिलिप कुशवाहा ५१७ मत ल्याएका छन् । चाैरसिया ५५ मत अन्तरले विजयी भएका हुन् । डा. कुशवाहा निर्वतमान गाउँपालिका अध्यक्ष स्व. नथुनी प्रसाद कुशवाहाका छाेरा हुन् ।
 
२०७४ सालकाे स्थानिय तह निर्वाचनमा चाैरसिया जनता दलबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । 
 
नेपाली कांग्रेसका रामराज चाैरसिया ५०७ मत, लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का माओ कुशवाहा ४५३ मत, जसपाका ताजिन्द्र साह कलवार २७२ मत र नेपाल सुशासन पार्टीका पप्पु खाँ २४७ मत प्राप्त गरेका छन् ।
 
वडा सदस्यमा कांग्रेसका उम्मेदवार विजय सहनी मलाह ५१७ मत ल्याएर र कांग्रेस कै विजय प्रसाद लाेहारले ५९२ मत ल्याएर विजयी भएका छन् । महिला सदस्यमा एमालेकी उम्मेदवार ग्यान्त्री देवी ५७५ मत ल्याएर र दलित महिला सदस्यमा कांग्रेसकी उम्मेदवार लालसा देवी चमइनले ५३७ मत ल्याएर विजयी भएका छन् ।
 
गाउँपालिका अध्यक्षमा सबै भन्दा बढी एमालेका उम्मेदवार निर्वतमान कार्यवाहक गाउँपालिका अध्यक्ष एवम् उपाध्यक्ष राजेश चाैरसिया ७७४ मत, कांग्रेसका अजय पटेल ७०८ मत र जसपाका बशिष्ट गुप्ताले ५७२ मत पाएका छन् ।
 
उपाध्यक्षमा सबै भन्दा बढी कांग्रेसकी उम्मेदवार राजमती बरैनी १०६९ मत, जसपाकी सहाना खातुन ७१४ मत र एमालेकी श्रीमती अंशु आनन्दले ३४८ मत पाएका छन् ।
 
वडाध्यक्ष र वडा सदस्यमा निर्वाचितहरुलाई आजै निर्वाचन अधिकृतकाे कार्यालयले प्रमाण पत्र समेत वितरण गरेकाे छ । निर्वाचन अधिकृत प्रकाश काेइराला र गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले संयुक्त रुपमा वडाध्यक्षमा निर्वाचित चाैरसियासहितका वडा सदस्यहरुलाई निर्वाचित भएकाे प्रमाण पत्र वितरण गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...