Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कालिकामाई १ काे वडाध्यक्षमा जसपाका बरै विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका १ काे वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका लालबाबु राउत बरै विजयी भएका छन् । वडा नं. १ काे अन्तिम मतपरिणाम अनुसार बरै १४१८ मत प्राप्त गरी विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय कालिकामाईले जनाएकाे छ ।

उनकाे निकतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका संजय प्रसाद (प्रभु साह) १२११ मत प्राप्त गरेका छन् । बरै २०७ मतान्तरले विजयी भएका हुन् । वडाध्यक्षका अर्का उम्मेदवार नेकपा एमालेका माेतिलाल प्रसाद कुर्मी १७३ मत र नेपाल सुशासन पार्टीका टंकराज महताे काेइरी ८१ मत ल्याएका छन् ।

वडा सदस्यमा कांग्रेसका महन्थ प्रसाद पटेल १३२५ मत ल्याएर र जसपा कै सुरेन्द्र कुमार साह १२८० मत ल्याएर विजयी भएका छन् । महिला सदस्यमा कांग्रेसकी गिता देवी कुर्मी १२८३ मत ल्याएर र दलित महिला सदस्य मै कांग्रेसकी जसाेदिया देवी १३४६ मत ल्याउर विजयी भएका छन् ।

गाउँपालिका अध्यक्ष कांग्रेसका अजय पटेल १४८७, जसपाका बशिष्ट गुप्ता १२०८ र एमालेका राजेश चाैरसिया १५९ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कांग्रेसकी राजमती बरैनी १३५१, जसपाकी साेहानी खातुन ११४२ र एमालेकी श्रीमती अंशु आनन्द १७३ मत ल्याएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...