Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पटेर्वा सुगाैली १ काे वडाध्यक्षमा पुन: एमालेका अन्सारी विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालिका १ काे वडाध्यक्षमा नेकपा एमालेका फरमान अन्सारी विजयी भएका छन् । निवर्तमान वडाध्यक्ष समेत रहेका अन्सारीले ५ सय २३ मत ल्याई विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय पटेर्वा सुगाैलीले जनाएकाे छ ।

पुन: वडाध्यक्षमा निर्वाचित अन्सारी एमाले पर्साका उपाध्यक्ष हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुलेमान अन्सारीले ३ सय ८४ मत प्राप्त गरेका छन । वडाध्यक्ष कै नेपाल सुशासन पार्टीका हरिन्द्र सहनी मलाह ३३५ मत र जनता समाजवादी पार्टीका बद्रुदिन मियाँ अन्सारी ३३ मत प्राप्त गरेका छन् ।

गाउँपालिका अध्यक्षमा एमालेका निर्वतमान गाउँपालिका अध्यक्ष हरिनारायण चाैधरी ५३७ मत, कांग्रेसका दिनेश चाैधरी ४०७ मत, जसपाका दिपक यादव ४८ मत पाएका छन् । उपाध्यक्षमा एमालेकी मन्तुरा देवी ५४०, कांग्रेसकी निर्वतमान उपाध्यक्ष ममता चाैधरी ३९३ र जसपाकी उम्मेदवार ५९ मत पाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...