Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

धाेबिनी २ काे अध्यक्षमा जसपाका कुर्मी विजयी

spot_img
spot_img
वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. २ काे अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार देवेन्द्र प्रसाद कुर्मी विजयी भएका छन् । वडाध्यक्षमा कुर्मी ८७५ मत प्राप्त गरी विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय धाेबिनीले जनाएकाे छ ।
उनकाे निकटतम प्रतिद्वन्धि नेकपा एमालेका उम्मेदवार नन्दलाल प्रसाद कुर्मीले ४९१ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका राजकिशाेर प्रसाद पटेलले ३५२, राष्ट्रिय प्रजातन्त्र पार्टीकी पुष्पा देवी चाैहान ३३० र नेकपा माओवादी केन्द्रका राजिन्द्र प्रसाद कुर्मी ३० मत पाएका छन् ।
 

वडामा जसपाका कुर्मीसहितको उनकाे प्यानल नै विजयी भएकाे छ । वडाकाे महिला सदस्यमा जसपा कै ब्यान्ति देवी कुर्मी ९२३ मत, दलित महिला सदस्य  नगिना देवी राम ९२० मत, सदस्यमा सुन्धर प्रसाद कुर्मी ८७९ मत र रमाेद राउत कुर्मी ८६९ मत प्राप्त गरी विजयी भएका छन् ।

यस वडामा गाउँपालिका अध्यक्षमा जसपाका मदन चाैहानले १६४८ मत, कांग्रेसका बशिष्टनारायण प्रसाद कुर्मी ८६५ मत र एमालेका महमद सदाम हुसेनले ५२६ मत पाएका छन् ।
 
उपाध्यक्षमा जसपाकी प्रियांका देवी यादव ८४० मत, कांग्रेसकी मंजु देवी ३५८, एमालेकी अनारकली देवी ५८९ मत पाएका छन् ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...