Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

ठाेरी १ मा एमालेका मगर विजयी

spot_img
spot_img

वीरगंज । पर्साको ठोरी गाउँपालिका-१ को अध्यक्षमा एमालेका धनमान थापा मगर निर्वाचित भएका छन् । ६ सय ५१ मत ल्याएर उनी वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय ठाेरीले जनाएकाे छ ।

निकटम प्रतिद्वन्द्वी भन्दा २१ मत मात्रै बढी ल्याएर उनी निर्वाचित भएका छन् । निकटम प्रतिद्वन्द्वी  नेपाली कांग्रेसका नवराज फुँयालले ६ सय ३० मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनेका रामप्रकाश कुँवरले २० मत पाएका छन् ।

यसैगरी महिला सदस्यमा एमाले कै धन माया घलान (ठाेकर) ६७६ मत, दलित महिला सदस्यमा एमाले कै मिश्री कुमारी दर्जी ७१८ मत, सदस्यमा एमाले कै केशव अधिकारी ७१९, अनिल अधिकारी ७१० मत ल्याएका विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...