Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

छिपहरमाई १ मा कांग्रेसका यादव विजयी

spot_img
spot_img

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ काे वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार कामेश्वर प्रसाद यादव बिजयी भएका छन् । वडा नं. १ काे सम्पन्न मतगणना नतिजा अनुसार यादवले ७ सय २९ मत प्राप्त ल्याएर विजयी भएका हुन् । 

उनकाे निकटम प्रतिद्वन्धी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार रामपुकार यादव ६ सय ४२ मत र नेकपा एमालेका राजबली राउत अहिरले ५ सय ५१ मत पाएका छन् ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जसपाका उम्मेदवार अगाडी

गाउँपालिका अध्यक्षमा जसपाका उम्मेदवार इग्रासन साह कलवारले ८९५ मत ल्याएर पहिलाे स्थानमा छन् । गाउँपालिका अध्यक्षका एमालेका उम्मेदवार निर्वतमान अध्यक्ष मनाेज कुमार गुप्ता ५८९ मत ल्याएर दाेस्राे र नेपाली कांग्रेसका उम्मेदवार नविन सिंह ४५६ मत ल्याएर तेस्राे स्थानमा छन् ।

यसैगरी गाउँपालिका उपाध्यक्षमा जसपाकी उम्मेदवार रेहाना खातुन ७२६ मत ल्याएर पहिलाे, एमालेकी माेदिना खातुन ५४५ मत ल्याएर दाेस्राे र कांग्रेसकी लिलावती देवी कानु ५२९ मत ल्याएर तेस्राे स्थानमा छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...