Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

धाेबिनी १ काे वडाध्यक्षमा कांग्रेसका तेली विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. १ काे वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बन्धु साह तेली विजयी भएका छन् । वडा नं. १ काे सम्पन्न मतगणना नतिजा अनुसार तेली ५७४ मत ल्याएर विजयी भएका हुन् ।

उनकाे निकटतम प्रतिद्वन्धी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार निर्वतमान वडाध्यक्ष ललन राउत कुर्मी ४७७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा एमालेका शम्भु राउत कुर्मीले ४४ मत, नेकपा माओवादी केन्द्रका राजेश रामले ८ मत र लाेकतान्त्रिक समाजवादी पार्टीका उमेश हाजाराले ५ मत पाएका हुन् ।

गाउँपालिका अध्यक्षमा जसपाका उम्मेदवार मदन प्रसाद चाैहानले ६११ मत प्राप्त अग्रता कायम गरेका छन् । गाउँपालिका अध्यक्ष मै  कांग्रेसका उम्मेदवार बशिष्टनारायण कुर्मीले ३९५ मत प्राप्त गरी दाेस्राे स्थान, नेकपा एमालेका उम्मेदवार महमद सदाम हुसेनले ९० मत प्राप्त गरी तेस्राे स्थान र माओवादी केन्द्रका संताेष पटेलले ११ मत प्राप्त गरी चाैथाे स्थानमा छन् ।

गाउँपालिका उपाध्यक्षमा जसपाकी उम्मेदवार प्रियांका देवी यादवले ४८१ मत प्राप्त गरी पहिलाे, कांग्रेसकी मंजु देवीले ३९१ मत प्राप्त गरी दाेस्राे, एमालेकी अनारकली देवी कुर्मीनले १९४ मत प्राप्त गरी तेस्राे र माओवादी केन्द्रकी राधिका चमइन ५ मत प्राप्त गरी चाैथाे स्थानमा छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...