Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

बारामा झडप हुँदा ४ मतदान केन्द्रकाे मतदान स्थगित

spot_img
spot_img

वीरगंज । बाराकाे पचरौता नगरपालिकामा रहेका चारवटा मतदान केन्द्रको मतदान रद्द गरि स्थगित गरिएको छ । पचराैता नगरपालिकाकाे ४ मतदान केन्द्रकाे मतदान स्थगित गरिएको जिल्ला निर्वाचन अधिकारी सराेज कुमार चाैधरीले जानकारी दिए ।

उनका अनुसार पचरौता नगरपालिकाको वडा नं. २ र ४ को चारवटा मतदान केन्द्रको मतदान रद्द गरि स्थगित गरिएको हो । पचरौता नगरपालिकाको वडा नम्बर २ मा रहेको बरगाछी मतदान केन्द्र र श्रीनगर बैरिया प्रा.वि. मतदान केन्द्रको मतदान रद्द गरिएको छ भने वडा नं. ४ स्थित बेलदारी प्रा.वि. मतदान केन्द्र (क) र (ख) को मतदान पनि रद्द गरिएको छ ।

वडा नं. २ काे दुईटा मतदान केन्द्र नेकपा (एमाले)का उम्मेदवार तथा कार्यकर्ताहरुले नियन्त्रणमा लिएर मत खसाएपछि विवाद उत्पन्न भएको थियो । त्यस्तै वडा नं. ४ काे दुईटा मतदान केन्द्रमा एमाले र जसपाका कार्यकर्ताहरु बिच विवाद भएर झडप भएपछि प्रहरीले १४ राउन्ड आश्रु ग्यास समेत छाेडनु परेकाे थियाे । 

यसैगरी बारा कै देवताल गाउँपालिका वडा नं. ७ स्थित श्री ने.रा. आधारभुत विद्यालय पिपरपाथी मतदान केन्द्रमा झडपमा पनि झडप भएकाे थियाे । नेपाली कांग्रेस र लाेसपाका वडाध्यक्षका उम्मेदवार बिच विवाद भई झडप हुँदा ३ जना गम्भिर घाइते भएका छन् ।

झडपका कारण त्यहाँ पनि केही बेर मतदान स्थगित भए पनि पुन: सुचारु भई सम्पन्न  भएकाे जिल्ला निर्वाचन अधिकारी चाैधरीले वताए ।

उनका अनुसार १६ वटा स्थानीय तह रहेको बारा जिल्लामा ५४१ मतदान केन्द्र रहेकाे छ । पांच मतदान केन्द्र बाहेक अन्य मतदान केन्द्रमा समान्य विवादकाे घटना बाहेक मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएकाे हाे । बारामा ४ लाख २३ हजार ३ सय २७ मतदाता रहेका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...