Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईमा सर्वदलिय बैठक सक्याे, मतगणना केही बेरमा सुरु हुने

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएकाे छ । गाउँपालिका अन्तर्गत रहेकाे ६ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएकाे निर्वाचन अधिकृतकाे कार्यालय कालिकामाईले जनाएकाे छ ।

कालिकामा गाउँपालिका भरीमा ८० प्रतिशत जति मतदान भएकाे प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले जानकारी दिए । 

उनले भने “सम्पूर्ण मतदान केन्द्रबाट मतपेटिकाहरु मतगणना स्थल श्री ने.रा. अधारभुत विद्यालय हरिपुरमा ल्याइसकिएकाे छ । मतगणनाकाे लागि सर्वदलिय बैठक पनि सकिएकाे छ । आजै रातिदेखी नै केही बेर मै मतगणना पनि सुरु हुने छ ।”

मतगणनाकाे लागि दुईटा काेठामा सिसि टिभिसहितकाे तयारी गरिएकाे वताउँदै एक पटकमा दुईटा वडाकाे मतगणना सुरु गरिने अधिकृत गिरीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...