Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

कारकाे ठक्करबाट पाेखरियाका मेयर उम्मेदवार यादव घाइते

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालिकाका नेपाल सुशासन पार्टीका मेयरका उम्मेदवार शंकर यादव सवारी दुर्घटनामा परी घाइते भएका छन् । पोखरियास्थित पेट्रोल पम्प नजिककाे मूल बाटोमा बा १९ च ४१९८ नम्बरको कारकाे ठकरले यादव गम्भिर घाइते भएका हुन् ।

सडक छेउमा स्थानीयसंग कुराकानी गरिरहेका बेला यादवलाइ , कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट यादवको दुवै खुट्टा, हात र छातीमा चोट लागेको छ ।

कार चालक बहुदरमाई नगरपालिका वडा नम्बर ७ फुलकवल निवासी ४५ बर्षिय रिद्धि मणि उपाध्यायलाई ईलाका प्रहरी कार्यालय पोखरियाले नियन्त्रणमा लिएकाे छ । 

कारले ठक्कर दिने बित्तिक्कै यादवलाई स्थानीयले उद्धार गरि नजिकैको पोखरीया अस्पतालमा पुर्याएका थिए । त्यसपछि उनलाई थप उपचारका लागि वीरगंजस्थित अर्थो पोलो ट्रमा सेन्टरमा ल्याएर भर्ना गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीका मृतकप्रति एमालेका अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारको राहत, पुनःस्थापना...

नेशनल र नेपाल मेडिकल कलेजद्वारा रसुवा बाढीपीडितका लागि ७५ लाख सहयोग

वीरगंज । रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेशनल मेडिकल कलेज प्रा.लि., वीरगंज...

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...