Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

कारकाे ठक्करबाट पाेखरियाका मेयर उम्मेदवार यादव घाइते

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालिकाका नेपाल सुशासन पार्टीका मेयरका उम्मेदवार शंकर यादव सवारी दुर्घटनामा परी घाइते भएका छन् । पोखरियास्थित पेट्रोल पम्प नजिककाे मूल बाटोमा बा १९ च ४१९८ नम्बरको कारकाे ठकरले यादव गम्भिर घाइते भएका हुन् ।

सडक छेउमा स्थानीयसंग कुराकानी गरिरहेका बेला यादवलाइ , कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट यादवको दुवै खुट्टा, हात र छातीमा चोट लागेको छ ।

कार चालक बहुदरमाई नगरपालिका वडा नम्बर ७ फुलकवल निवासी ४५ बर्षिय रिद्धि मणि उपाध्यायलाई ईलाका प्रहरी कार्यालय पोखरियाले नियन्त्रणमा लिएकाे छ । 

कारले ठक्कर दिने बित्तिक्कै यादवलाई स्थानीयले उद्धार गरि नजिकैको पोखरीया अस्पतालमा पुर्याएका थिए । त्यसपछि उनलाई थप उपचारका लागि वीरगंजस्थित अर्थो पोलो ट्रमा सेन्टरमा ल्याएर भर्ना गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...