Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

सकियो ‘पल्पसा क्याफे’ को मञ्चन

spot_img
spot_img

नाटक ‘पल्पसा क्याफे’ को मञ्चन सकिएको छ । थापागाउँस्थित मण्डला थिएटरमा ९ वैशाखबाट मञ्चन सुरु भएको नाटक सोमबारबदेखि सकिएको हो ।

नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित भएर बनाइएको उक्त नाटकले ५ हजार बढी दर्शक पाएको कलाकार विजय बरालले जानकारी दिए । ‘यस पटक नाटकको हरेक शो हाउसफूल रह्यो,’ बरालले भने, ‘यसले हामी नाट्यकर्मीमा हौसला थपेको छ ।’

कोभिड महामारीका कारण अघिल्लो वर्ष प्रदर्शन मञ्चन स्थगित भएको नाटक थिएटर भिलेजको प्रस्तुतिमा विमल सुवेदीले निर्देशन गरेका हुन् ।

विमल सुवेदी, अभिनेत्री सृिष्ट श्रेष्ठ, दिपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना लगायतका कलाकारको नाटकमा अभिनय थियो ।

१० वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथा बोल्ने उपन्यास ‘पल्पसा क्याफे’मा तत्कालीन परिवर्तनशील समाजको कथा चित्रण गरिएको छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...