Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

अक्षय र मानुषी अभिनित ‘पृथ्वीराज’को ट्रेलर रिलिज

spot_img
spot_img

ऐतिहासिक कथावस्तुमा आधारित अक्षय कुमार स्टारर बलिउड फिल्म ‘पृथ्वीराज’को ट्रेलर रिलिज भएको छ । झण्डै तीन मिनेट लामो ट्रेलर स्टाइल, देशभक्ति र बहादुरीको भावनाले ओतप्रोत छ ।

यशराज ब्यानरमा निर्माण भएको फिल्मको ट्रेलरमा भव्यता र कलालाई पोतिएको छ । अक्षय पृथ्वीराज चौहान नामक पात्रको भूमिकामा प्रस्तुत भएका छन् । सञ्जय दत्त र सोनु सुद पनि फिल्ममा मुख्य भूमिकामा छन् ।

चौहानकी पत्नी सान्योगिताको भूमिकामा पूर्वविश्व सुन्दरी समेत रहेकी मानुसी छिल्लर देखिएकी छन् । चन्द बर्दाइको चर्चित कविता पृथ्वीराज रासोमा फिल्म आधारित छ । फिल्मलाई चन्द्रप्रकाश द्विवेदीले लेखन तथा निर्देशन गरेका हुन् ।

ट्रेलरमा अहिलेको भारतीय राजधानी दिल्लीलाई कब्जा गर्न भएको लडाइँलाई चित्रण गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...