Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंजका मेयर उम्मेदवार सरावगीलाई आयोगको स्पष्टीकरण

spot_img
spot_img

वीरगंज । निर्वाचन आयोगले वीरगंज महानगरपालिकाका नेकपा (एमाले) का उम्मेदवार विजय सरागवीलाई निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ईश्वरचन्द्र यादवको उजुरीका आधारमा आयोगले सरावगीलाई जवाफ माग गरेको हो ।

सरागवीले वैशाख २६ गते राति १२ः३० बजे महानगरको वडा नं. १६ स्थित एक मतदाताको घरमा प्रवेश गरी मत खरिद गर्न नगदको लेनदेन गरेकाले निजको उम्मेदवारी खारेजीको माग गरेर उजुरी प्राप्त भएको थियो ।

आयोगले मतदातालाई प्रभावित हुने गरी कुनै पनि किसिमको आर्थिक प्रलोभन देखाउने गतिविधि गर्नुभएको हो ? तपाईंलाई के कति कारणले प्रहरी प्रसाशनले आफ्नो सुरक्षामा मतदाताको घरबाट बाहिर निकाल्नुपरेको हो ? भनी सरावगलीलाई स्पष्टीकरण सोधेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...