Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

स्थानिय तह निर्वाचन : सिमानाका बन्द, मदिराको बिक्री र सेवनमा प्रतिबन्ध

spot_img
spot_img

वीरगंज । स्थानीय तहको निर्वाचन अन्तर्गत मौन अवधी शुरु भएसँगै पर्सामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । पर्सामा १ सय ६७ मतदानस्थल र ४ सय ४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । ती मध्ये सुरक्षाको दृष्टिकोणले संवेदनशील र अति संवेदनशील केहि मतदानस्थल र मतदान केन्द्रको सुची बनाएर सुरक्षकर्मीको कडा निगरानी राखि रहेकाे छ ।

मतदान स्थल सुरक्षाकाे लागि पहिलो चरणमा नेपाल प्रहरी, दोस्रो चरणमा सशस्त्र प्रहरी र तेस्रो तथा अन्तिम चरणमा नेपाली सेनाको टोली पचिालन गरिएको छ । म्यादि प्रहरीसहित २७ सय जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।

नेपाल नम्बर १४ गुल्म हेडक्वा पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेज प्रकाश पोखरेलका अनुसार सिमा क्षेत्र र मतदान केन्द्रहरुमा ८ सय जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । सीमा नाको सुरक्षा व्यवस्थाका लागि भारतीय एसएसबी ४७ र ४४ का कमाण्डरसँग पनि समन्वय गरिएको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले बताए । 

मंगलवार मध्यरातदेखि शुरु भएको मौन अवधिलाई मध्यनजर गर्दै सीमा नाकामा पनि आवागमन बन्द गरेर सीमा शिल गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।

नेपाली परिचय पत्र भएका नागरिकलाई भारतबाट नेपाल प्रवेश गर्न दिइएको छ भने नेपालबाट जान भने पूर्ण रुपमा रोक लगाइपनि अतिआवश्यक कार्यका लागि प्रशासनको सिफारिसका आधारमा आवागमन खुला गरिने ढकालले बताए । 

जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रन्जिता झाले पर्साका मतदानस्थल र मतदान केन्द्रहरुलाई सुरक्षा संवेदनशीलताका दृष्टिकोणले ३ तहमा वर्गीकरण गरिएको बताइन् ।

पर्खाल वा पक्की संरचनाको घेरा नभएका मतदानस्थल र मतदान केन्द्रहरुलाई अति संवेदनशीलमा राखिएको उनले बताइन् । झाले भनिन्, ‘संवेदनशील मतदानस्थलहरुको विवरण स्थानीय प्रशासनसँग छ, हामीले भन्न मिल्दैन ।

पर्सा जिल्लामा बैशाख ३० को पालिका निर्वाचनका लागि १ सय ६७ मतदानस्थल र ४ सय ४ वटा मतदान केन्द्र निर्धारण गरिएको प्रमुख झाले वताइन ।

जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार, वीरगंज महानगरपालिकामा सबैभन्दा बढी मतदान स्थल र मतदान केन्द्र राखिएका छन् । महानगरमा ५५ वटा मतदानस्थल र १ सय ४३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम पकाहामैनपुर गाउँपालिकामा ६ वटा मतदानस्थल र १५ वटा मतदान केन्द्र तोकिएको छ ।

भारतसँग सीमा जोडिएका, भूगोलको विकटता र यातायातको असुविधा भएका पालिकाका मतदान स्थल र मतदान केन्द्रहरुलाई संवेदनशील मतदान स्थलको सूचीमा स्थानीय प्रशासनले राखेको हो ।

यसैगरी बारामा ३ सय ३ मतदान स्थल र ५ सय ४१ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सराेज कुमार चाैधरीले वताए । ती मध्ये सिम्रौनगढ र पचरौता नगरपालिकामा राखिएका मतदानस्थल र मतदान केन्द्रहरुलाई अति संवेदनशील मानिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ  ।

क्लैया उपमहानगरपालिका, विश्रामपुर गाँउपालिका, फेटा गाँउपालिका, देवताल गाँउपालिका, सुवर्ण गाँउपालिकामा रहेका मतदानस्थल र मतदान केन्द्रलाइ भने संवेदनशील मानिएको छ ।

पर्सामा मङगलवारदेखि मदिराको बिक्री वितरण, ओसारपसार र सेवनमा प्रतिबन्ध लगाइएको छ । बैशाख ३० को पालिका निर्वाचनलाइ लक्षित गरि स्थानीय प्रशासनले बैशाख २७ गते (मङगलवार ) देखि मतदानको दिन बैशाख ३० को मध्यराति १२ बजे सम्मका लागि मदिराको बिक्री वितरण, ओसारपसार र सेवनमा प्रतिबन्ध लगाएकाे हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...