Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

पर्साकाे अधिकांश पालिकामा मुख्य ३ दल बिच नै प्रतिस्पर्धा

spot_img
spot_img

वीरगंज । पर्साकाे अधिकांश पालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार बिच कडा  प्रतिस्पर्धा देखिएकाे छ । पर्साकाे वीरगंज महानगरपालिका वाहेक १० गाउँपालिका र ३ नगरपालिकामा ३ दल बिच नै मुख्य प्रतिस्पर्धा रहेकाे स्थानियहरुले वताएका छन् ।

वीरगंज महानगरपालिकामा मुख्य दलहरु बिच गठबन्धन भएका कारण दुई पक्षिय प्रतिस्पर्धा रहेकाे छ । वीरगंज महानगरमा कांग्रेस, जसपा, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीकाे गठबन्धन एवम् एमाले र लाेकतान्त्रिक समाजवादी (लाेसपा) काे गठबन्धन बिच कडा प्रतिस्पर्धा देखिएकाे छ । 

वीरगंजमा सतारुढ गठबन्धनबाट मेयरमा जसपाका उम्मेदवार राजेशमान, उप मेयरमा कांग्रेसका उम्मेदवार इम्तियाज आलम र एमाले-लाेसपा गठबन्धनबाट मेयरमा एमालेका उम्मेदवार विजय कुमार सरावगी र उप मेयरमा लाेसपाका उम्मेदवार पुरुषाेत्म झा चुनावी प्रतिस्पर्धामा छन् ।

पर्साकाे दाेस्राे सदरमुकामकाे रुपमा रहेकाे पाेखरिया नगरपालिकामा पांच दलका उम्मेदवार विच प्रतिस्पर्धा रहेकाे स्थानियहरुले वताएका छन् । स्थानियका अनुसार पाेखरियामा कांग्रेस, एमाले, जसपा, लाेसपा र नेपाल सुशासन पार्टीका उम्मेदवार बिच प्रतिस्पर्धा रहेकाे छ ।  

पाेखरियामा कांग्रेसबाट मेयरमा निर्वतमान मेयर दिपनारायण राैनियार(मन्टु), उप मेयरमा रहाना खातुन, एमालेबाट मेयरमा प्रधुमन चाैहान, उप मेयरमा रुबि ठाकुर, जसपाबाट मेयरमा राजु साह, उप मेयरमा रेणु देवी, लाेसपाबाट मेयर नेजामुदिन सम्मानी, उप मेयरमा आशा कुमारी चाैहान, सुशासन पार्टीबाट मेयरमा शंकर यादव र उप मेयरमा विणा देवी उम्मेदवार छन् ।

बहुदरमाई नगरपालिकामा कांग्रेस, एमाले र जसपाका उम्मेदवार बिच नै मुख्या प्रतिस्पर्धा रहेकाे छ ।

बहुदरमाईमा कांग्रेसबाट मेयरमा निवर्तमान मेयर नितेन्द्र प्रसाद साह, उप मेयरमा साेनामती देवी यादव, एमालेबाट मेयरमा शिव पटेल, उप मेयरमा सुस्मा कुशवाहा, जसपाबाट मेयरमा सिंघासन साह र उप मेयर शान्ति कुशवाहा चुनावी प्रतिस्पर्धामा छन् । 

पर्सागढी नगरपालिकामा पनि कांग्रेस, एमाले र जसपाका उम्मेदवार विच नै मुख्य प्रतिस्पर्धा रहेकाे स्थानियहरुले वताएका छन् ।

पर्सागढीमा कांग्रेसबाट मेयरमा निवर्तमान मेयर लाेकनारायण यादव, उप मेयरमा निर्वतमान उप मेयर अर्चना चाैधरी, एमालेबाट मेयरमा गाेकर्ण पाठक, उप मेयरमा पुजा चाैधरी, जसपाबाट मेयरमा सुरज मानन्धर र उप मेयरमा रन्जना देवी चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी छिपहरमाई गाउँपालिकामा पनि कांग्रेस, एमाले र जसपाका उम्मेदवार बिच नै मुख्या प्रतिस्पर्धा रहेकाे स्थानियहरुले वताएका छन् ।

छिपहरमाईमा कांग्रेसबाट गाउँपालिका अध्यक्षमा नविन सिंह, उपाध्यक्षमा लिलावती देवी, एमालेबाट अध्यक्षमा निर्वतमान गाउँपालिका अध्यक्ष मनाेज गुप्ता, उपाध्यक्षमा माेदिना खातुन, जसपाबाट अध्यक्षमा इन्द्रासन साह कलवार र उपाध्यक्षमा रेहाना खातुन चुनावी प्रतिस्पर्धामा छन् ।

धाेबिनी गाउँपालिकामा पनि कांग्रेस, एमाले र जसपा कै उम्मेदवार बिच मुख्य प्रतिस्पर्धा रहेकाे स्थानियहरुले वताएका छन् ।

धाेबिनीमा कांग्रेसबाट गाउँपालिका अध्यक्षमा बशिष्टनारायण कुर्मी, उपाध्यक्षमा मन्जु देवी, एमालेबाट अध्यक्षमा सदाम हुसेन, उपाध्यक्षमा अनारकली देवी, जसपाबाट अध्यक्षमा मदन चाैहान र उपाध्यक्षमा प्रियांका देवी यादव चुनावी प्रतिस्पर्धामा छन् ।

कालिकामाई गाउँपालिकामा पनि कांग्रेस, एमाले र जसपाका उम्मेदवार बिच मुख्या प्रतिस्पर्धा रहेकाे छ ।

कालिकामाईमा कांग्रेसबाट गाउँपालिका अध्यक्षमा अजय पटेल, उपाध्यक्षमा राजमती देवी, एमालेबाट अध्यक्षमा निर्वतमान कार्यवाहक अध्यक्ष राजेश चाैरसिया, उपाध्यक्षमा अंशु तिवारी र जसपाबाट अध्यक्षमा बशिष्ठ कुमार गुप्ता र सहानी खातुन चुनावी प्रतिस्पर्धामा छन् ।

जगरनाथपुर गाउँपालिका पनि कांग्रेस, एमाले र जसपाका उम्मेदवार बिच नै मुख्य प्रतिस्पर्धा रहेकाे स्थानियहरुले वताएका छन् ।

जगरनाथपुरमा कांग्रेसबाट गाउँपालिका अध्यक्षमा श्रीकान्त यादव, उपाध्यक्षमा बबिता सिंह, एमालेबाट अध्यक्षमा महमद सलिम मन्सुर, उपाध्यक्षमा मिरा देवी कुर्मी, जसपाबाट अध्यक्षमा कृष्णमाेहन यादव र उपाध्यक्षमा जलेखा खातुन चुनावी प्रतिस्पर्धामा छन् ।

एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार महमद सलिम गाउँपालिका अध्यक्ष जालिम मियाँका भाई हुन् भने जसपाकी उपाध्यक्षका उम्मेदवार जलेखा मधेश प्रदेशका मुख्य मन्त्री महमद लालबाबु राउत गद्दीकी श्रीमती हुन् ।

सखुवा प्रसाैनी गाउँपालिका पनि कांग्रेस, एमाले, जसपा बिच मुख्या प्रतिस्पर्धा रहेकाे स्थानियहरुले वताएका छन् ।

सखुवा प्रसाैनीमा कांग्रेसबाट गाउँपालिका अध्यक्षमा शैलेन्द्र कुमार यादव, उपाध्यक्षमा मन्तुरा देवी थरुनी, एमालेबाट अध्यक्षमा जसवन्त यादव, उपाध्यक्षमा निर्वतमान उपाध्यक्ष फुलमती देवी थरुनी, जसपाबाट अध्यक्षमा निवर्तमान गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल र उपाध्यक्षमा शर्मिला बिष्ट महताे उम्मेदवार छन् ।

बिन्दवासिनी गाउँपालिकामा कांग्रेस, जसपा, लाेसपाका उम्मेदवार बिच प्रतिस्पर्धा रहेकाे स्थानियहरुले वताएका छन् ।

बिन्दवासिनीमा कांग्रेसबाट गाउँपालिका अध्यक्षमा विवेक चाैरसिया, उपाध्यक्षमा निर्वतमान उपाध्यक्ष किरण देवी गुप्ता, जसपाबाट अध्यक्षमा निवर्तमान मेयर श्रीलाल साह कानु (माेदी), उपाध्यक्षमा मिरा ठाकुर, लाेसपाबाट अध्यक्षमा प्रमाेद तिवारी, उपाध्यक्षमा अनिता देवी गुप्ता उम्मेदवार छन् ।

पकहा मैनपुर गाउँपालिका पनि कांग्रेस, एमाले र जसपाका उम्मेदवार बिच नै प्रतिस्पर्धा रहेकाे स्थानियहरुले वताएका छन् । पकहा मैनपुरमा कांग्रेसबाट गाउँपालिका अध्यक्षमा सुरेश मेहता, उपाध्यक्षमा सरफुन नेसा, एमालेबाट अध्यक्ष राजेश सहनी, उपाध्यक्षमा कुमारी निर्माला चाैरसिया, जसपाबाट अध्यक्षमा निवर्तमान गाउँपालिका अध्यक्ष विजय चाैरसिया र उपाध्यक्षमा जैबुल नेसा उम्मेदवार छन् ।

पटेर्वा सुगाैली गाउँपालिकामा कांग्रेस र एमालेका उम्मेदवार बिच नै मुख्या प्रतिस्पर्धा रहेकाे स्थानियहरुले वताएका छन् । जिराभवानीमा कांग्रेसबाट गाउँपालिका अध्यक्षमा दिनेश चाैधरी, उपाध्यक्षमा निर्वतमान उपाध्यक्ष ममता महताे, एमालेबाट अध्यक्षमा निवर्तमान गाउँपालिका अध्यक्ष हरिनारायण चाैधरी, उपाध्यक्षमा मन्तुरा देवी उम्मेदवार छन् ।    

जिराभवानी गाउँपालिकामा कांग्रेस र एमालेका उम्मेदवार बिच मुख्य प्रतिस्पर्धा रहेकाे स्थानियहरुले वताएका छन् । जिराभवानीमा कांग्रेसबाट गाउँपालिका अध्यक्षमा अनाेज चाैधरी, उपाध्यक्षमा रेखा चाैधरी, एमालेबाट अध्यक्षमा निर्वतमान गाउँपालिका अध्यक्ष रामपृत महताे र उपाध्यक्षमा निर्वतमान उपाध्यक्ष आशा देवी थरुनी उम्मेदवार छन् ।

ठाेरी गाउँपालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवार बिच प्रतिस्पर्धा रहेकाे छ । ठाेरीमा कांग्रेसबाट गाउँपालिका अध्यक्षमा बृहस्पती कृष्ण श्रेष्ठ, चिनमाया लामा, एमालेबाट अध्यक्षमा लालबहादुर श्रेष्ठ, उपाध्यक्षमा गाेसेली कुमारी, माओवादी केन्द्रबाट अध्यक्षमा निवर्तमान गाउँपालिका अध्यक्ष पिएल श्रेष्ठ र उपाध्यक्षमा निरु तामाङ उम्मेदवार छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

म्याद सकिए पनि घडिअर्वा पोखरीदेखि स्विमिङ पुलसम्म ठेकेदारकै कब्जामा

वीरगंज । वीरगंज महानगरपालिकाअन्तर्गत रहेका घडिअर्वा पोखरी, स्विमिङ पुल, मिना बजार तथा पुरानो बसपार्कको ठेक्का सम्झौताको म्याद गत आर्थिक वर्षको असार मसान्तमै सकिए पनि...

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...