Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वीरगंज १० मा जसपाका उम्मेदवारीलाई माओवादीकाे समर्थन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १० का जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले समर्थन गरेकाे छ । जसपाका वडाध्यक्षका उम्मेदवार सुशिल साहलाई माओवादी केन्द्रले समर्थन गरेकाे हाे ।

बैशाख ३० गतेकाे स्थानिय तह निर्वाचनमा जसपाका उम्मेदवारलाई माओवादी केन्द्र वडा नं. १० समितिले समर्थन गर्ने दुई पार्टी बिच लिखित सहमति भएकाे छ । माओवादी केन्द्रका पर्सा क्षेत्र नं. २ (ख) का इन्चार्ज प्रभाकर गुप्ता र जसपा वीरगंज महानगर वडा नं. १० इकाई समिति अध्यक्ष जाेगिन्द्र साह कानुले संयुक्त रुपमा एक प्रेस विज्ञप्ती जारी गर्दै दुई दल बिच सहमती भएकाे जनाएका हुन् ।

सहमती अनुसार माओवादी केन्द्रबाट वडा नं. १० काे वडाध्यक्षकाे उम्मेदवारी दिएका पवन गुप्तासहितकाे वडा समितिका उम्मेदवारहरुले जसपाका वडाध्यक्षका उम्मेदवार सुशिल साहसहितका वडा समितिका उम्मेदवारलाई सघाउनले वताइएकाे छ ।

माओवादीकाे समर्थनले वडा नं. १० मा जसपाकाे जित निश्चित भएकाे जसपाका केन्द्रिय सदस्य एवम् संघिय सांसद प्रदिप यादवले वताए । उनले यसका साथै वीरगंज महानगरमा ५ दलिय गठबन्धनकाे जित निश्चित रहेकाे दाबी गरे ।

उनले भने “वीरगंज महानगरमा गठबन्धनकाे जित कांग्रेस सभापति शेर बहादुर देउवाकाे जित हाे, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकाे जित हाे, नेकपा एसका अध्यक्ष माधाे नेपालकाे जित हाे, प्रतिगमन विरुद्धकाे जित हाे । त्यही भएर इमन्दारी साथ सबैले गठबन्ध जिताउन लागि परेका छन् । यसमा कहि कतै शंका गर्ने ठाउँ छैन् ।

प्राप्त उपलब्धिलाई रक्षा गर्नकाे लागि प्रतिगमनकारी शक्तिहरुकाे विरुद्ध अग्रगमन शक्तिहरु बिचमा वृहत लाेकतान्त्रिक गठबन्धनद्वारा जनताकाे प्राप्त अधिकारलाई संरक्षण गर्ने माओवादीका नेता प्रभाकर गुप्ताले वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...