Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंज महानगरमा गठबन्धनकाे जित, ५ दलकाे प्रतिष्ठाकाे सवाल

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशकाे एक मात्र वीरगंज महानगरपालिकामा दुई पक्षिय कडा प्रतिस्पर्धा देखिएकाे छ । वीरगंज महागरपालिकामा सतारुढ ५ दलिय गठबन्धन र नेकपा एमाले एवम् लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) काे गठबन्धन बिच कडा प्रतिस्पर्धा देखिएकाे हाे ।

सतारुढ गठबन्धनबाट मेयरमा जसपाका उम्मेदवार राजेशमान सिंह र उप मेयरमा नेपाली कांग्रेसका उम्मेदवार इम्तियाज आलम चुनावी मैदानमा छन् भने एमाले र लाेसपाकाे गठबन्धबाट मेयरमा एमालेका उम्मेदवार निर्वतमान मेयर विजय कुमार सरावगी र उप मेयरमा लाेसपाका उम्मेदवार पुरुषाेत्म झा चुनावी प्रतिस्पर्धामा छन् ।

यस अघिकाे स्थानिय तह निर्वाचनमा तत्कालिन संघिय समाजवादी फाेरम नेपाल र हालका जसपाका उम्मेदवार मेयरमा र कांग्रेसका उम्मेदवार उप मेयरमा विजयी भएका थिए । तस्राे स्थानमा तत्कालिन राजपाबाट मेयरमा चुनाव लडेका हालका जसपाका उम्मेदवार राजेशमान थिए । चाैथाे र पांचाै स्थानमा नेकपा एमाले र माओवादी केन्द्र थिए ।

गत स्थानिय तह निर्वाचनमा पहिलाे र दाेस्राे दल एक भएर चुनाव लडदा र साे गठबन्धनमा अन्य दुई दल पनि सहभागि हुँदा यस पालिकाे निर्वाचनमा पनि गठबन्धनकाे जित सहज देखिन्छ । गत बर्षकाे निर्वाचन मत परिणाम अनुसार सतारुढ गठबन्धकाे जित दाेबर मतले हुने देखिन्छ । तर हाल केही अवस्था फेरिएकाेले त्यस्ताे नहुने पनि केहीकाे दाबी छ ।

सतारुढ गबन्धनकाे नेतृत्व गर्ने दल कांग्रेसमा अन्तरद्वन्ध रहेकाेले अन्तर्घात हुन सक्ने पनि सम्भावना रहेकाे केहीकाे भनाई छ । उनीहरुका अनुसार कांग्रेसकाे भागमा परेकाे उप मेयरकाे टिकट वितरणकाे विषयले संस्थापन इतर पक्षका नेतहरु असन्तुष्ट रहेका छन् । वीरगंजमा बलियाे जनाधार रहेका उनीहरुले एमाले-लाेसपा गठबन्धनका उम्मेदवारलाई सघाउन सक्ने सम्भावना रहेकाे छ ।

त्यसाे भएकाे खण्डमा पनि एमाले-लाेसपा गठबन्धनकाे जित त्यतिकाे सजिलाे देखिदैन । धेरै मतान्तर रहेका कारण त्यसाे भएकाे खण्डमा पनि सतारुढ गठबन्धन कै जित हुने पनि सम्भावना रहेकाे छ । अक्राे तर्फ सतारुढ गठबन्धनकाे जित गठबन्धनमा सहभागि पांच दलकाे प्रतिष्ठाकाे सवाल समेत रहेकाे नेताहरुले वताएका छन् ।

स्थानिय तह निर्वाचनमा सतारुढ ५ दलिय गठबन्धनका उम्मेदवार विजयी नभए यसकाे असर संघ र प्रदेशकाे निर्वाचनमा पर्न सक्ने र वीरगंजमा कमजाेर रहेकाे एमाले बलियाे हुन सक्ने नेताहरुकाे भनाई छ । त्यस कारण सतारुढ गठबन्धनलाई जिताउन पर्सा अर्थात वीरगंजमा बलियाे रहेकाे कांग्रेस र जसपाकाे साथै गठबन्धनमा सहभागि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुकाे प्रतिष्ठाकाे सवाल रहेकाे छ ।

गठबन्धनकाे जित केन्द्रमा राम्राे पहुँच रहेकाे नेपाली कांग्रेसका नेता रमेश रिजाल, अजय चाैरसिया, सुरेन्द्र चाैधरी, अजय द्विवेदी, राजेन्द्र बहादुर अमात्य, अनिल रुंगटा, जनार्दन सिंह क्षेत्री, जसपाका नेता एवम् मेधश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी, संघिय सांसद प्रदिप यादव, नेता रामनरेश यादव, नेकपा एकीकृत समाजवादीका नेता नागेन्द्र चाैधरी, रामचन्द्र साह, चिरन्जिवी अचार्य, बालगाेपाल थापा, नेकपा माओवादी केन्द्रका विजय महताे, रामदरश कुशवाहा, रहबर अन्सारी लगायतका नेताहरुकाे प्रतिष्ठाकाे सवाल रहेकाे एक नेताले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...