Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंजकाे सार्वजनिक स्थलमा राखिएकाे प्रचारसामग्री हटाइँदै

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाका विभिन्न स्थानमा स्थानीय तह निर्वाचनअन्तर्गत उम्मेदवारको प्रचारप्रसारका लागि सार्वजनिकस्थलमा टाँगिएका पोष्टर पम्प्लेट, ब्यानर तथा पार्टीका झण्डा हटाउन थालिएको छ।

बिजुलीको पोल, विद्यालय, चोक चौराहालगायत सार्वजनिकस्थलमा निर्वाचन आचारसंहिता विपरीत राखिएका निर्वाचन सामग्री सुरक्षा निकायको टोलीले हटाउन थालेको हो।

जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा उम्मेदवारले पनि पार्टी कार्यालयबाहेक सार्वजनिकस्थलमा राखिएको निर्वाचन प्रचारसामग्री हटाउने प्रतिबद्धता व्यक्त गरेपनि ती सामग्री उम्मेदवार र दल स्वयंले नहटाएका कारण सुरक्षाकर्मीले हटाउन सुरू गरेका हुन्। क्रियाशील प्रमुख राजनीतिक दलका उम्मेदवारले सार्वजनिकस्थलमा राखेका पार्टीको झण्डा, ब्यानर, तुललगायतका प्रचार सामग्री हटाउने यस अगाबै प्रतिबद्धता जनाइसकेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...