Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

फेटामा विवेकशिल साझाकाे घरदैलाे तथा चुनावी सभा सम्पन्न

spot_img
spot_img

आनन्द पटेल/
परवानीपुर । बाराको फेटा गाउँपालीका वडा नं १ त्रीवेणी टोलमा शनिबार विवेकशिल साझा पार्टीकाे घरदैलो तथा चुनावी सभा सम्पन्न भएको छ । बैशाख ३० गते हुन स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै चुनाव प्रचार प्रसार कार्यक्रम अन्तर्गत घरदैलो तथा सभा सम्पन्न भएकाे हाे ।

फेटा गाउँपालीकाका मेयर पदका उमेदवार रुस्तम अन्सारीसहितको टोलिले वडा नं. १ त्रीवेणी टोलमा जनता दर्शन तथा घरदैलो गरेको छ । पार्टीका सयौं नेता तथा कार्यकताहरुको उपस्थितीमा गरिएको घरदैलो कार्यक्रममा तराजु छाप चुनाव चिन्हमा मतदान गरी जिताउन आह्वान गर्नुका साथै नागरिकहरुका समस्या तथा गुनासाहरुको बारेमा पनि जानकारी लिईएको छ ।

घरदैलाेपछि आयाेजित सभामा वाेल्दै गाउँपालीका प्रमुखको उम्मेदवार रुस्तम अन्सारीले फेटा गाउँपालीकालाई नेपालमै बिकास र परीवर्तनको रुपमा बिकास गर्नको लागि आफनो पार्टी नै चुनाव जित्नुपर्ने जिकिर गरे ।

उनले सबै प्रकारको समृद्धि अहिलेको आवश्यकता भएको धारणा राख्नुहुँदै आफु बाहेकको मेयर जितेमा यस पालीकाको बिनास हुने र पालीका बासीको हितमा नभएर ठेक्का र पैसा कमाउने काम बाहेक अन्य काम केही नहुने जिकिर समेत गरे ।

उनले महिला, बालबालिका, ज्येष्ठ नागरिकको पार्टी विवेकशिल साझा पार्टी भएकाले यस पार्टीमा आउनेको लहर लागेकाले आफनो जीत निश्चित रहेको बताए । एक फरक प्रसङगमा नेता अन्सारीले जनताको हितको लागी आफु नेपाली कांग्रेस पार्टीकाे टिकट च्यातेर फालेको बताए ।

उनले जनता भन्दा ठुलो अरु कोही नभएको र आफु जन्ताको सेव गर्नको लागी राजनीतीमा लागेको बताए । शनिबारकाे घर दैलो कार्यक्रममा पार्टीका केन्द्रिय तहका नेता, जील्लाका नेता लगायत फेटा गाउँपालीकाका स्थानीयहरुको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...