Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

वीरगञ्ज-२३ मा जसपाको घरदैलो

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालले वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ को प्रसाैनी सबैठवा गाउँमा शुक्रबार घरदैलो कार्यक्रम गरेको छ ।

जसपाकाे तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार जमुना प्रसाद यादवको नेतृत्वमा गरिएको घरदैलोमा सङ्घीय सांसद् प्रदीप यादव, प्रदेश सांसद एवं पूर्वमन्त्री करिमा बेगम, प्रदेश सांसद जनत अन्सारी, जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल लगायत सयौँ नेता, युवा, कार्यकर्ता र स्थानीयहरुको सहभागिता रहेको थियो ।

जसपाको तर्फबाट वीरगञ्ज महानगरपालिका मेयर उम्मेदवार राजेशमान सिंहले घरदैलो कार्यक्रमका क्रममा स्थानीयहरुसँग भेटघाट गर्दा उहाँहरुले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा छाता छापमा मात्र मतदान गर्ने आग्रह गरे ।

जसपाको नेतृत्वमा वीरगञ्जले विकास गर्न सक्ने र समृद्धि आउने बताउँदै स्थानीयहरुलाई पार्टीका सम्पूर्ण उम्मेदवारलाई अत्याधिक बहुमतका साथ जिताएर पठाउने समेत नेता सिंहको अनुरोध थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...