Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरीया नगरपालिकामा चरम मनाेमानी भयाे : कार्यवाहक मेयर खातुन

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरीया नगरपालिकाकी कार्यवाहक मेयर सल्मा खातुनले नियम विपरित नगरपालिका संचालन भएकाे वताउँदै आपती जनाएकी छन् । 

वि.सं. २०७४ मा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बैशाख ३० गते हुन लागेकाे निर्वाचनमा उम्मेद्वार हुनका लागि आफ्नाे पदबाट राजीनामा गरि मात्र उम्मेद्वार हुने प्रावधान रहेकाे छ । तर उम्मेद्वार नहुनेकाे हकमा निर्वाचन पश्चात नवनिर्वाचित जनप्रतिनिधिलाई पदभार हस्तान्तरण गरे पश्चात मात्र पदमुक्त हुने व्यवस्था छ ।

चुनाव नलडेकी खातुन पदबाट राजिनामा नदिए आफुलाई वेवास्ता गरिएकाे वताएकी छन् । नगरपालिका कार्यालयमा कानुनी व्यवस्थाकाे धज्जी उडाउदै कार्यहरु भइरहे वताउँदै खातुनले आपत्ती जनाएकी हुन् ।

नगरलाई पूर्ण खाेपयुक्त बनाउन जनप्रतिनिधिकाे महत्वपूर्ण भूमिका रहेपनि आफूलाई कुनै जानकारी नै नदिइ मनाेमानी तवरले नगरपालिका पूर्ण खाेप घाेषित गरिएकाे वताउँदै खातुनले आपत्ति जनाएकी हुन् । अब उपरान्त यस्ताे गैरकानुनी कार्य गरे कदापि सह्य नहुने उनकाे भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...