Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

पाेखरीया नगरपालिकामा चरम मनाेमानी भयाे : कार्यवाहक मेयर खातुन

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरीया नगरपालिकाकी कार्यवाहक मेयर सल्मा खातुनले नियम विपरित नगरपालिका संचालन भएकाे वताउँदै आपती जनाएकी छन् । 

वि.सं. २०७४ मा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बैशाख ३० गते हुन लागेकाे निर्वाचनमा उम्मेद्वार हुनका लागि आफ्नाे पदबाट राजीनामा गरि मात्र उम्मेद्वार हुने प्रावधान रहेकाे छ । तर उम्मेद्वार नहुनेकाे हकमा निर्वाचन पश्चात नवनिर्वाचित जनप्रतिनिधिलाई पदभार हस्तान्तरण गरे पश्चात मात्र पदमुक्त हुने व्यवस्था छ ।

चुनाव नलडेकी खातुन पदबाट राजिनामा नदिए आफुलाई वेवास्ता गरिएकाे वताएकी छन् । नगरपालिका कार्यालयमा कानुनी व्यवस्थाकाे धज्जी उडाउदै कार्यहरु भइरहे वताउँदै खातुनले आपत्ती जनाएकी हुन् ।

नगरलाई पूर्ण खाेपयुक्त बनाउन जनप्रतिनिधिकाे महत्वपूर्ण भूमिका रहेपनि आफूलाई कुनै जानकारी नै नदिइ मनाेमानी तवरले नगरपालिका पूर्ण खाेप घाेषित गरिएकाे वताउँदै खातुनले आपत्ति जनाएकी हुन् । अब उपरान्त यस्ताे गैरकानुनी कार्य गरे कदापि सह्य नहुने उनकाे भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...