Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

पाेखरियामा जसपा र माओवादी बिच गठबन्धन

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)  र नेकपा माओवादी केन्द्र बिच गठबन्धन भएकाे छ । दुबै पार्टीका स्थानिय नेता बिच बिहिबार पाेखरियामा भएकाे छलफलमा बैशाख ३० गते हुने निर्वाचनमा गठबन्धन गर्ने लिखित सहमती भएकाे हाे ।

सहमति अनुसार जसपाका मेयर र उप मेयरका उम्मेदवारलाई माओवादी केन्द्रले सघाउने छन् भने वडाकाे हकमा जसपा बलियाे भएकाे वडामा माओवादी केन्द्र र माओवादी केन्द्र  बलियाे भएकाे वडामा जसपाले सघाउने छन् ।

सहमती पत्रमा माओवादी केन्द्रकाे तर्फबाट प्रदेश कमिटी सदस्य रामबाबु बैठा, नगर अध्यक्ष पानालाल पटेल र जसपाकाे तर्फबाट नगर इन्चार्ज सल्मा खातुन, मेयरका उम्मेदवार राजु साहले हस्ताक्षर गरेका छन् ।

केन्द्रिय निर्देशन र स्थानिय आवश्यकतालाई मध्यनजर गर्दै साटघाट गरिएकाे जसपाका मेयरका उम्मेदवार राजु साहले वताए । सहमती अनुसार नै वडास्तरका उम्मेदवार र नेता, कार्यकर्ताहरुसंग समन्वय गरी आजैकाे मितिदेखी संयुक्त रुपमा चुनाव प्रचार प्रसारमा लाग्ने उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...