Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कांग्रेसका बुथ उपसभापतिसहित दर्जनौंले गरे जसपामा प्रवेश

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका दर्जनौं नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

जसपाले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्षुमनवामा आयोजना गरेको पार्टी प्रवेश एवम् कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका बुथ उपसभापतिसहित रामवचन पटेलसहित दर्जनौं नेता तथा कार्यकर्ताले जसपा प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरुलाई मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, संघीय सांसद प्रदीप यादव, जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंह, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, महानगर अध्यक्ष इश्वर यादव, वडा अध्यक्ष पदका उम्मेदवार रमेश यादवलगायतले फुलमाला र गम्छा लगाएर पार्टी प्रवेश गराएका थिए ।

मेयर सरावगीले प्रदेश सरकारसँग कुनै समन्वय नगरेको मुख्यमन्त्री राउतको आरोप

पार्टी प्रवेश कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री लालाबू राउतले जसपा नेतृत्वमा मधेश प्रदेशले विकासमा फड्को मारेक र जसपाकै नेतृत्वमा वीरगञ्जले पनि विकास गर्ने विश्वास व्यक्त गर्दै पार्टीबाट उठेका सम्पूर्ण उम्मेदवरहरुलाई छाता छापमा मतदान गरेर विजयी बनाउन आग्रह गरे ।
 
महानगरमा यसअघि रहेको नेतृत्वले प्रदेश सरकारसँग कुनै समन्वय नगरेको र सहयोग गर्न चाहेपनि नलिएको आरोप लगाउँदै मुख्यमन्त्री राउतले वीरगञ्जको मेयरमा राजेशमान सिंह जिते सबै पक्षसँग समन्वय गरेर काम गर्ने विश्वास व्यक्त गरे ।

मेयर सरावगीले आरु निकायले गरेकाे कामकाे प्रचारबाजी गरिरहेका छन् : सांसद यादव

त्यसतै संघीय सांसद् प्रदीप यादवले महानगरपालिकाका निवर्तमान मेयर विजयकुमार सरावगीले आफै एउटा पनि विकास निर्माणको काम नगरेको र अन्य दातृ र प्रदेश र संघ सरकारले गरिदिएको कामलाई आफ्नो भनेर प्रचार बाजी गरिरहेको आरोप लगाए ।

‘सरावगीजीले २ सय किलोमिटर सडक बनाएको छु भन्नु हुन्छ तर कहाँ बनाएको छु भन्न सक्नु हुन्छ । वीरगञ्जमा हामीले जता हेर्यौं उता बिग्रेकै सडक छ, खै सरावगीजीले सडक कहाँ बनाउनु भएको छ,’ यादवले कटाक्ष कस्दै भने, ‘अरु निकाय, दातृ संस्था र प्रदेश तथा संघ सरकारले गरेको कामलाई आफ्नो भनेर प्रचारबाजी गर्दै हुनुहुन्छ मेयर सरावगी । आफूले एउटा पनि काम गर्न सक्नु भएको छैन ।

महानगरको मेयर बनेपछि भ्रष्टाचारलाई जरैदेखि अन्त्य गर्छु : राजेशमान सिंह

जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंहले आफू निर्वाचित भएर मेयर बनेपछि महानगरमा हुने भ्रष्टचारलाई जरैदेखि अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । सिंहले महानगरलाई पूर्ण रुपले डिजीटलाइज गरेर नगद कारोबारलाई अन्त्य गर्ने र बिचौलियाले सेवाग्राहीलाई ठग्ने कार्यलाई पनि पूर्ण रुपले खत्ताम पार्ने बताए ।

उनले नेतृत्वमा पुगेपछि यसअघि भएका सम्पूर्ण गलत कामको फाइल खोलेर हरेक दोषीलाई कारवाही गर्न विभिन्न निकायमा सिफारिस समेत गर्ने बताए ।

कार्यक्रममा उपस्थित स्थानीयहरुले यसअघिको महानगरको नेतृत्वले पाँच वर्षसम्म जनतालाई ठगेको र मुर्ख बनाएको बताउँदै आसन्न निर्वाचनमा छाता छापमा मात्रै मतदान गर्ने बताएका थिए । स्थानीयहरुले “छाता छाप जिन्दावाद”, “जसपा जिन्दवादी”, “छाता छापमा मतदान गरौँ” जस्ता नारा पनि लगाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...